तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै दलबहादुर

यमकला भुसाल

Buddha International Hospital

दाङ , २० चैत्र | दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बिजौरी स्थित गनारीका दलबहादुर बहकरीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दे आउनुभएको छ । कुनै समय अर्काको ज्याला मजदुरी काम गर्ने ,भारतमा कमाउन जाने बहकरी विगत १ दशक देखि गाउँमै व्यवसायीक तरकारी खेती गर्दे आइरहनुभएको छ । उहाँ हिजो आज पनि तरकारीको रेखदेखमा नै व्यस्त हुनुहुन्छ । हाल ११ कठ्ठा जमिनमा मौसमी र बेमौसमी तरकारी खेती गर्दे आएको उहाको भनाई छ ।

Advertise with us

पछिल्लो समय उहाँ बेमौसमी तरकारी तर्फ आर्कषित हुनुहुन्छ । यो सिजनमा तरकारीले भाउ पाउने भएकाले बेमौसमी तरकारीर्तफ आर्कषित भएको बहकरीले बताउनुभयो । ५ कठ्ठा आफ्नो र अरुको ६ कठ्ठा जमिन भाडामा लिएको छु,बेमौसममा लगाएको तरकारीको भाउ पनि छ,बहकरीले भन्नुभयो,बजारको पनि समस्या छैन,यसरी नै घरधन्दा धानेको छु् । उहाँले कुनै तरकारी टनेलमा लगाउनुहुन्छ भने कुनै तरकारी खुला रुपमै ।

पहिले आफ्नै शैलीमा खुल्ला रुपमा सिजन अनुसार तरकारी लगाउथ्यौ,तरकारी फल्ने समयमा भाउ नपाउनाले बोटमै कुहिएर जाने गथ्र्याे,उहाँले भन्नुभयो । आम्दानी पनि त्यति नहुने र पानीको समस्या भएपछि विगत केही वर्षदेखि उपयुक्त सिंचाईको सुविधा भएसँगै बेमौसमी पनि तरकारी खेती गर्न थालेको उहाँले बताउनुभयो । उहाँले लौका,काक्रो,भाटा,टमाटर खुर्सानी,लसुन प्याज,गोपी,काउली,सिमी लगाएतका तरकारी खेती गर्दे आएको बताउनुभयो ।

बहकरीले वार्षिक १ देखि डेढ लाख सम्म तरकारी खेतीबाट आम्दानी गर्ने गरेको बताउनुभयो । यसले जीवनस्तरमा पनि धेरै परिवर्तन आएको उनको भनाई छ । तरकारी खेतीबाट नै २ छोरा छोरीलाई बोडीङ् स्कुलमा पढाउदै आएको छु,यसैबाट घर खर्च पनि टरेको छ ,उहाँले भन्नुभयो । उहाँले बजारको माग अनुसार तरकारी बिक्री गर्ने गरेको र नबिकेको खण्डमा कहिले काही गाउँ तिर बेच्न पनि लैजानु पर्ने बताउनुभयो ।

 

साथै उहाँले सरकारले किसानहरुलाई हेर्ने दृष्टि परिवर्तन हुनुपर्ने पनि बताउनुभयो । अहिलेको सरकारको महंगीले गर्दा किसानहरु मरमा परेका छन, सरकारले बजार व्यवस्थापनमा ध्यान दिए केही किसानले राहत पाउने थिए,उहाँले भन्नुभयो ।