दाङ लगायत देशभर आज ६२ औँ राष्ट्रिय सहकारी दिवस मनाईदै

दाङमा विभिन्न १५ प्रकृतिका ६ सय २५ सहकारी संस्था

Advertise with us

दाङ , २० चैत्र । लगायत देशभर आज ६२ औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मूल नाराका साथ आज जिल्लाका दश स्थानीय तहमा रहेका सहकारीले ६२ औँ राष्ट्रिय सहकारी दिवस मनाउन लागेका हुन् ।

Buddha International Hospital

Advertise with us

आज भन्दा करिब ६२ वर्ष अघि अर्थात २०१३ साल चैत्र २० गते नेपालमा पहिलो सहकारी स्थापना भएको दिनलाई सम्झना गर्दै यो दिवस मनाउन थालिएको हो । नेपालमा सबैभन्दा पहिले चितवनमा प्रतिव्यक्ति १० रुपैँयाका दरले ६० जनाले ६०० सय शेयर जम्मा गरेर बखानसिंह गुरुङको अध्यक्षतामा बखान सहकारी संस्था स्थापना गरिएको थियो ।

एकका लागि सबै, सबैका लागि एक भन्ने उद्देश्यका साथ पछिल्लो समय सहकारी स्थापना हुने क्रम बढ्दै गएको छ । दाङमा पनि विभिन्न १५ प्रकृतिका ६ सय २५ सहकारी संस्था दर्ता भएको जिल्ला सहकारी संघको तथ्याङ्कमा छ भने प्रदेश नम्बर पाँचमा ४ हजार बढी सहकारी संस्था दर्ता भएको देखिएको छ ।

यसैबिच ६२ औँ राष्टिसहकारी दिवसको अवसरमा आज तुलसीपुरमा भव्य कार्यक्रमको गरिएको जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारीले जानकारी दिनुभयो । दिवस कार्यक्रमलाई सफल बनाउन उपमहानगरपालिका भित्रका १ सय ७३ सहकारी संस्थाले विभिन्न भाँकी तथा जुलुस सहित सहभागीता जनाउने उहाँको भनाई छ ।

आज बिहान तुलसीपुरको त्रिसिद्धेश्वरी कालिका मन्दीरबाट झाँकी जुलुस निकालीने र बजार परीक्रमा गरेर बिएसएस पार्टी प्यालेसमा भव्य कार्यक्रम हुन लागेको सचिव भण्डारीले जानकारी दिनुभयो ।