नमुना ‘मिट मार्ट’को लागि दाङको एक फम सम्झौता,मार्टका लागि ५० लाख अनुदान पाउने


दाङ, २० चैत्र । प्रदेश नम्बर ५ सरकारले अगाडी बढाएको नमुना ‘मिट मार्ट’को योजना अनुसार दाङको एउटा निजी फमले सम्झौता गरेको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का मन्त्री आरती पौडेलका स्वकीय सचिव सूर्य रोकायाका अनुसार तुलसीपुरमा रहेको के.सी. मिट एण्ड एग्रो फर्म प्रालिले नमुना मिट मार्टका लागि सम्झौता गरेको हो ।

Buddha International Hospital
Advertise with us

प्रदेश नम्बर पाँचमा नमुना मिट मार्ट संचालनका लागि चार निजी तथा सहकारी फमले सम्झौता गरेको सचिव रोकायाले बताउनुभयो । नमुना मिट मार्टका लागि दाङको एक र बाँकेका तीन सहित चार वटा फर्मसंग मन्त्रालयको पशुपंक्षि तथा विकास निर्देशनालयले सम्झौता गरेको हो ।

सम्झौता भएका सहकारी तथा निजि फमले नमुना मिट मार्टका लागि ५० लाख अनुदान पाउने छन् । सम्झौता अनुसार बाँके जिल्लाका ३ वटा नमुना मिट मार्टले डेढ करोड रुपैयाँ र तुलसीपुरको नमुना मिट मार्टले ५० लाख रुपैयाँ अनुदान स्वरुप पाउने छन् ।