दाङ आगलागीको उच्च जोखिममा

आगलागीमा परी ८ जनाको मृत्यु


तुलसीपुर, २० चैत । गर्मी र हावाहुरी चल्ने मौसमसंगै अन्य समयमा पनि दाङ आगलागीको उच्च जोखिममा देखिएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार बाह्रै महिना दाङ आगलागीको उच्च जोखिममा देखिएको हो ।

Buddha International Hospital
Advertise with us

अन्य मौसममा भन्दा पनि गर्मी र हावाहुरी चल्ने समयमा बढी आगलागीका घटनाहरु हुने गरेको छ । दाङमा बितेको तिन वर्षमा आगलागीमा परी ८ जनाको मृत्यु भएको छ भने १५ करोड भन्दा बढीको क्षति भएको छ । जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङका अनुुसार आर्थिक वर्ष २०७३÷२०७४ देखि हालसम्म आगलागीमा परी ८ जनाको मृत्यु भएको हो ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३÷२०७४ मा २ जनाले ज्यान गुमाएका थिए भने चालुवर्षको साउन देखि फागुन सम्म ६ जनाले ज्यान गुमाएका छन् । आगलागीको जोखिमबारे सचेतनाको अभाव, फुसले छाएका घर, विद्युतको तार सर्ट हुुनु लगायतका कारण आगलागीका घटना पछिल्लो समय दैनिकजसो हुने गरेका छन् ।

दाङका दश स्थानिय तहमध्ये बंगलाचुली गाँउपालिका, बबई गाँउपालिका, गढवा गाँउपालिका, राजपुर गाँउपालिका, शान्तिनगर गाँउपालिकाका केहि वडाहरु आगलागीको उच्च जोखिममा रहेका छन् ।

त्यसैगरी लमही नगरपालिकाकाको वडा नम्बर ८ र ९ , घोराही र तुलसीपुर उपमहानगरपालिकाका बनक्षेत्र संग जोडिएको बस्ती आगलागीको उच्च जोखिममा रहेको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङका सुचना प्रमुख खिलानाथ दहालले जानकारी दिनुभयो ।

गर्मिसमय शुरु भएसंगै आगलागीका घटना बढ्दै गएको भन्दै उहाँले सचेत रहन आग्रह समेत गर्नुभएको छ । चालु वर्षमा सबैभन्दा धेरै आगलागीका घटना धेरै बढेको उहाँले बताउनुभयो ।

यसैविच आगलागीको उच्च जोखिम सँगै स्थानिय सरकारहरुले दकमललाई भने प्राथमिकतामा राख्न सकेका छैनन् । घोराही उपमहानगरमा २, तुलसीपुरमा १ र लमही नगरमा एउटा दमकल रहेका छन् ।

Advertise with us