मनकाशीमा थप सुविधा, टिकट सस्तो


घोराही १९ चैत । गत माघ देखि घोराहीको तुलसीपुरचोक नजिक संचालनमा आएको मनकाशी सिनेप्लेक्सले नया वर्ष धमाका गर्ने भएको छ । नव वर्ष २०७६ लाई लक्षित गरी मनकाशी सिनेमाले यही शुक्रबारदेखि ग्राहकहरुलाई विभिन्न छुट दिने बताएको छ ।


Advertise with us
सिनेप्लेक्स संचालकले मंगलबार पत्रकार भेटघाटको आयोजना गरि सुझाव सल्लाह सहित अव आफुहरुले टिकदरमा भारी मात्रामा छुट गर्न लागेको जानकारी दिए । सिनेमा हलका सञ्चालक सुनिलराज भण्डारीले नंया वर्षलाई लक्षित गरी ग्राहकहरुलाई सहज बनाउनका लागी यही शुक्रबारदेखि टिकट शुल्कमा ५० प्रतिशत छुट दिने बताउनु भएको छ । जसमा नेपाली चलचित्रको टिकट शुल्क १५० रुपैया र हिन्दी चलचित्रको टिकट शुल्क २०० रुपैया तोकिएको छ ।

Buddha International Hospital


ग्राहकहरुको सहजताका लागी टिकट शुल्क घटाइएको छ भने चलचित्रको लागी लिएको टिकटले मन टावरभित्रका पसलहरुमा किनमेल गर्दा ग्राहकहरुले १ देखि २५ प्रतिशतसम्म छुट समेत पाउने छन । त्यसैगरी मनकाशी सिनेमाहलले नंया वर्ष मै सेवासुविधा सहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने भएको छ ।


करीब तीन करोडको लगानीमा सञ्चालन गरिएको अत्याधुनिक सिनेप्लेक्समा पारिवारिक, स्वच्छ हाइजिनिक र सुविधासम्मन वातावरणमा सिनेमा हेर्न सकिनेछ । सपिङ मल मनटावर एवं मनकाशी सिनेका सञ्चालक सुनिल राजभण्डारीका अनुसार सिनेप्लेक्समा अत्याधुनिक साउण्ड स्टिम ७.१, डिजिटल एचडी प्रोजेक्टर जस्ता नया प्रविधिहरु प्रयोग भएकाले उच्च क्वालिटीमा नेपाली, हिन्दी र अंग्रेजी सिनेमाहरु हेर्न सकिनेछ ।

सिने कम्प्लेक्समा प्रयोग भएका प्रविधिहरु काठमाडौंका सिनेप्लेक्सहरुमा भन्दा पनि नयाँ भएको उहाँको दाबी छ । त्यस्तै एसी जडित, आरामदायी कुर्सी र सुविधा सम्पन्न क्याफे भएकाले आरामदायी वातावरणमा सिनेमाको भरपुर मनोरञ्जन लिन सकिने छ भने व्यवस्थित पार्किङका लागि अन्डरग्राउण्ड पार्किङको पनि सुविधा छ ।


सिने कम्प्लेक्समा बिहान ११, दिउँसो ३ र बेलुकी ६ बजे गरी दिनमा तीन शो चल्ने छन् भने शनिवार बिहान ८ बजेको शोसहित दिनमा चार शो चल्नेछ । आधुनिकता र विकास क्रमसँगै दाङमा पनि स्वच्छ वातावरणमा उच्च गुणस्तरीय प्रविधिमार्फत सिनेमाको मनोरञ्जनका लागि सुविधासम्पन्न सिनेप्लेक्स सञ्चालनमा ल्याइएको हो ।

त्यस्तै सिनेप्लेक्स पर्यटकीय हिसाबले पनि टेवा पु¥याउने उहाले बताउनुभयो । ओम जैशी, सुनिल राजभण्डारी र ललित श्रेष्ठले संयुक्त रुपमा सिनेप्लेक्स संञ्चालन गर्नुभएको हो ।

Advertise with us