ओरेकको २८ औ स्थापना दिवस


दाङ, चैत १९  | हिंसा पीडितको क्षेत्रमा काम गर्दै आइरहेको गैरसरकारी संस्था ओरेक नेपालले आफ्नो २८ औ स्थापना दिवस मनाएको छ । ओरेकले देशव्यापी रुपमा मनाएको स्थापना दिवस दाङमा पनि एक औपचारिक कार्यक्रम गरेर बनाएको हो ।


Advertise with us
ओरेक दाङकी कार्यक्रम संयोजक इश्वरी थापाको अध्यक्षता तथा जिल्ला समन्वय समिती दाङका संयोजक जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यता एवम प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको विशिष्ठ आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Buddha International Hospital

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख नेपालीले महिला माथि हुने सबै प्रकारका हिंसाको अन्त्य हुनुपर्ने बताए । उनलाई महिला माथि हिंसा गर्ने जो काहीलाई पनि कानुनी दायरामा लाउनुपर्ने बताए ।


कार्यक्रममा महिला मानव अधिकार रक्षकहरुको संजालकी केन्द्रिय सचिव लक्ष्मी आचार्य, इन्सेकका जिल्ला संयोजक जेएन सागर, पत्रकार दुर्गालाल केसी, तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक अध्यक्ष श्याम डागी, लगायतका महिलाहरु आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

Advertise with us