दुर्घटनामा परी दाङमा एक जनाको मृत्यु

दाङ, चैत १९  | स्कुटर दुर्घटनामा परी दाङमा एक जनाको मृत्यु भएको छ।घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ३८ वर्षीय प्रकाश आचार्यको दुर्घटनामा परी मृत्यु भएको हो।

Buddha International Hospital

Advertise with us

तीव्र गतिको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा आचार्यको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले जानकारी दिए।

मंगलबार बिहान आचार्य आफैंले चलाएको रा ४ प ३८२२ नम्बरको स्कुटर अनियन्त्रित हुँदा घर नजिकै दुर्घटनामा परेका थिए।