सहकारी दिवसको अवसरमा हाजिरी जवाफ, विभिन्न कार्यक्रम गरि दिवस मनाईदै

तुलसीपुर, १९ चैत्र | दाङमा ६२ औँ सहकारी दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता भएको छ । सहकारी दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तगर्त आज घोराहीमा हाजिरी जवाफ प्रतियोगिता गरिएको हो । हाजिरी जवाफ प्रतियोगितामा हरियाली बचत तथा ऋण सहकारी संस्था लमही प्रथम, धनपति बचत तथा ऋण सहकारी संस्था घोराही द्धितिय, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था तुलसीपुर तृतीय र भृकुटी महिला बचत तथा ऋण सहकारी संस्था लालमटीया सान्तोना भएका छन् ।

Buddha International Hospital

Advertise with us

राष्ट्रिय सहकारी बैंक दाङको आयोजनामा आज घोराहीमा भएको हाजिरी जवाफ प्रतियोगितामा जिल्लाका १६ सहकारीले सहभागीता जनाएका थिए । जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माको अध्यक्षता तथा अर्थ विकास समितिका संयोजक एवं घोराहीउपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कृषि सहकारी संघ दाङका अध्यक्ष पद्मा आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव बिमल अधिकारी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष कृष्णप्रसाद गौतम, घोराही उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रेम केसी लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सहजीकरण राष्ट्रिय सहकारी बैकका म्यानेजर नारायण बेल्बासेले गर्नुभएको थियो । यसैबिच दाङका दश वटै स्थानिय तहमा बुध्बार ६२ औँ सहकारी दिवस मनाउन लागिएको छ ।

यस्तै बुध्बार तुलसीपुरमा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारीले जानकारी दिनुभयो । दिवस कार्यक्रमलाई सफल बनाउन उपमहानगरपालिका भित्रका १ सय ७३ सहकारी संस्थाले विभिन्न भाँकी तथा जुलुस सहित सहभागीता जनाउने उहाँको भनाई छ ।

बुध्बार बिहान तुलसीपुरको त्रिसिद्धेश्वरी कालिका मन्दीरबाट झाँकी जुलुस निकालीने र बजार परीक्रमा गरेर बिएसएस पार्टी प्यालेसमा भव्य कार्यक्रम हुन लागेको सचिव शुक्रराज भण्डारीले जानकारी दिनुभयो ।