ओठ तथा तालु फाटेकाको निशुल्क प्लाष्टिक सर्जरी

तुलसीपुर, १९ चैत्र | ओठ तथा तालु फाटेका र आगोले पोलिएकाहरुको लागि तुलसीपुरमा निशुल्क प्लाष्टिक सर्जरी शुरु भएको छ । अपांग समाज सुधार केन्द्र तुलसीपुरको आयोजना तथा कृतिपुर मोडल हस्पिटलको प्राविधिक सहयोगमा तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा निशुल्क प्लाष्टिक सर्जरी शुरु भएको हो ।

Buddha International Hospital

Advertise with us

२२ गतेसम्म संचालन हुने शिबिरमा जन्मजात ओठ, तालु फाटेका, आगोले पोलिएकाहरुले निशुल्क प्लाष्टिक सर्जरी गर्न सकिने केन्द्रका कार्यक्रम संयोजक तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

शिबिरमा एकसय भन्दा बढीको निशुल्क उपचार गरिने संयोजक पोखरेलले बताउनुभयो । उहाँका अनुसार शिबिरमा छुटेकाले पनि केन्द्रमा सम्पर्क गरेमा निशुल्क उपचार हुने बताईएको छ ।

 

यसैबिच शिबिरका आज उद्घाटन गरिएको छ । केन्द्रका अध्यक्ष हुुमकान्त कडेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडानम्बर ६ का वडा सदस्य बर्षात भण्डारीको प्रमुख आतिथ्यतामा शिबिरको उद्घाटन गरिएको हो ।

हरिकला भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको शिविर उद्घाटन कार्यक्रमको सहजीकरण केन्द्रका महासचिव दोलक बहादुर खत्रीले गर्नुभएको थियो ।।

Advertise with us