जखेरा तालको क्षेत्रफल बढ्दै

दिवाकर पोख्रेल
देउखुरी, चैत १९ गते । दाङको प्रशिद्ध पर्यटकिय क्षेत्र जखेरा तालको क्षेत्रफल बढाउने गरी काम भइरहेको छ । हाल रहेको जखेरामा पानीलले आगटेको कुल क्षेत्रफल साडे पाँच हेक्ब्टर क्षेत्रफललाई बढाएर १० कठ्ठा थप गरिएको छ ।

Buddha International Hospital
Advertise with us

राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति रु १५ लाख ,प्रदेश पाँचको उद्योग पर्यटन तथा वन बाताबरण मन्त्रालयको ४ लाखको लागतमा जखेरामा मर्मत सम्भार तथा तालको आकार बढाउने काम भइरहेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण विकास समितका कार्यवाहक अध्यक्ष रविध्वज थापाले जानकारी दिनुभयो ।


तालमा रहेको मन्दिरको चौतर्फीवाल निर्माण,सिंढी निर्माण, ताल विस्तार लगायतको लागि उक्त रकम खर्च गरिदैछ । लमही नगरपालिकाले जखेराको समग्र विकासको लागि डिपीआर तयार पारिसकेकोले जखेराको समग्र विकास हुने गरी आगामी दिनहरुमा काम अघि बढ्ने संस्थाका महासचिव लोकमणि बन्जाडेले जानकारी दिनुभयो । गुरुयोजनामा समितिको तर्फबाट विचमा टापु हुने गरी ताललाई बिस्तार गर्ने,चुरेपहाडमा स्वर्गद्धारीबाबाको स्तुप राख्ने, भ्य्ुटावर निर्माण,जखेरा प्रवेस द्धार,तालको वरीपरी पक्की ड्याम लगायतको काम हुने गरि सुझाव दिएको महासचिव बन्जाडेले बताउनुभयो ।


जखेरा ताल संरक्षण तथा प्रवद्धनको लागि गठन भएको प्रतिष्ठानकै पहलमा १८ लाखको लागतमा डिप बोरीङ निर्माण कार्य सम्पन्न भएको छ । पुर्वपश्चिम राजमार्ग देखि ताल सम्म जाने आधा सडक पिच गरिएको छ । जखेरामा ढुङ्गाको सयरको व्यवस्था मिलाइ लाइफ ज्याकेटको पनि व्यवस्था मिलाइएको छ । प्रतिस्ठानले जखेरा तालमा विभिन्न जातका गरी एक लाख ३० हजार माछाका भुरा हालेको त्यसबाट पनि जखेराको आर्थिक विकासमा महत्वपुर्ण काम गर्न सकिने संरक्षण प्रतिष्ठानका सदस्य केशव पोख्रेलले जानकारी दिनुभयो ।

हाल दैनिक पिकनिकको वापत ल्याइने शुल्क , ढुङगा चढे बापतको शुल्क मात्रै जखेराको आम्दानीको श्रोत बनेको छ । जखेरा ताल निर्माणको लागि हाल सम्म एक करोड भन्दा बढी रकम खर्च भइसकेको छ ।


साँसद ढुङगामा सरर्
प्रदेश पाँचका सदस्य रेवतीरमण शर्माले जखेरा तालको स्थलगत अवलोकन गर्नुभएको छ । साँसद शर्मा सहित जखेरा संरक्षण समितिका पदाधिकारी र पत्रकार समेत ढुङगामा सयर गर्दै छलफलमा जुटनु भएको थियो । छलफलमा प्रदेश साँसद शर्माले जखेरा तालको आकर्षण बढाउन तर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँदले ताल क्षेत्रमा पानीको व्यवस्थापन गर्न डिप बोरिङ्गको रोकिएको काम अघि बढाउने प्रतिबद्धता जनाउनु भयो । जखेराले दाङ लाई चिनाएको भन्दै यस क्षेत्रको विकास गर्न तीन तहकै सरकारबाट उत्तिकै सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।

ढुङमा मै भएको छलफलमा समितिका पदाधिकारीहरुले जखेराको अवस्थाको बारेमा जानकारी गराउँदै जखेरा विकासको नेतृत्व दायि भुमिका खेल्न आग्रह गरेका गरेका थिए ।

Advertise with us