घोराहीमा ‘एकीकृत नगर विकास योजना तर्जुमा’को थालनी


घोराही,  चैत्र । घोराही उपमहानगरपालिकाले एकीकृत नगर विकास योजना तर्जुमा बनाउन थालेको छ । उपमहानगरले सोमबार पहिलो चरणमा योजनाको अबधारणा र आधारहरुका बिषयमा छलफल भएको छ ।


Advertise with us
डिजिकन रेजिलियन्स जेभीको प्राबिधिक सहयोगमा घोराही उपमहानगरले नगरको एकीकृत विकास योजना तर्जुमा गर्न थालेको हो । योजना तर्जुमाका लागि वडा तहमा एक चरणमा र पालिका तहमा बृहत ढंगबाट छलफल गरी नगरको विकास अबधारणा तयार गरिने शहरी योजनाकार विश्वदेव भटराईले जानकारी दिए ।

Buddha International Hospital


आवश्यकतामा आधारित दिर्घकालिन विकासका लागि थालिएको योजना तर्जुमा ६ महिना भित्र सक्ने बताईएको छ । सामाजिक, मानसिक, आर्थिक, भौतिक, सांस्कृतीक एवं संस्थागत विकासका साथै विपद् व्यवस्थापनका लागि योजना बनाईने र सोहीलाई आधार बनाएर विकासको कामलाई अघि बढाईने नगर प्रमुख नरुलाल चौधरीले बताए ।

हचुवाको भरमा कार्यक्रमसँगै बजेट विनियोजनले दिगो विकास हुन नसक्ने भन्दै अब आवश्यकता र पहिचानमा आधारित विकासलाई अघि बढाउन नगरको बस्तुस्थिती तयार पारिसकेको जानकारी दिए ।


अब सोही नगर प्रोफाईलका आधारमा नगरको एकीकृत विकास योजना तर्जुमा बन्ने समेत बताउनुभयो । साथै आगामी २६ गते देखी वडा स्तरबाट योजना तर्जुमाका लागि छलफल थालिने उपमहानगरले जनाएको छ । सामाजिक विभिन्न क्षेत्र, सरकारी कार्यालय र विज्ञ समुहसँगको समन्वयबाट नगरको विकास योजना तयार हुने नगर प्रमुख चौधरीको भनाई छ ।