ब्रेकअप डायरी पाठकका लागि महाउत्सव


लेखक ः– सविन प्रियासन
सम्पादन ः– सूर्य बि.सी.

Advertise with us
प्रकाशक ः– बि.एन. पुस्तक संसार प्रालि काठमाडौं
डिजाइन ः– शैलेश अधिकारी


सबिन प्रियसनको ब्रेकअफ डायरी हात लाग्यो । आधाउधी पढ्दा म कहाँबाट ब्रेकअफ डायरी पुस्तक नै गायब ! मेरो मानस पटलमा कथाका पात्रहरु बाटो बिराएका यात्रीले जस्तै डेरा जमाएर बसिरहे । पाठकका लागि असल पुस्तक पढ्न पाउनु जस्तो अर्को कुनै ‘उत्सव’ हुँदैन । मलाई लाग्यो म उत्सव बाट चुकें ।

Buddha International Hospital

मानस पटलबाट उपन्यासका पात्रहरू हटाउन पनि सकिन । उपन्यासकारले उपन्यासमा कसरी अन्तिममा पात्रहरू ब्यबस्थापन गर्नुभएको छ त्यो थाहा पाउन पनि सक्दैन । म मनमनै घुमिरहें उपन्यासकारले घुमाएका रमणीय स्थलहरु । मन मनै खोजिरहे प्रणव सानियाको वरपर घुम्ने अन्य उपन्यासका पात्रहरु ।

विषय प्रवेश
ब्रेकअप डायरी साँच्चैभन्दा आफ्नो जिन्दगीलाई माया गर्नेहरुको कथा हो । यसका लेखक सविन प्रियसन हुनुहुन्छ । लेखक सविन प्रियसन आख्यान बिद्याको साहित्य फाटका घागडान साहित्यकार हुनुहुन्छ भन्ने कुरामा कुनै दुइमत छैन । उहाँले एउटा कथा संग्रह र सातवटा उपन्यास पहिल्यै लेखी सक्नुभएको छ । ब्रेकअप डायरी उहाँको आठौं उपन्यास हो ।

एक वर्षमा तीन तीनवटा उपन्यास लेखेर प्रकाशित गर्न सक्ने ल्याकत उहाँ संग छ । सेल्फी, लक्कीचार्म र ब्रेकअप डायरी यसै बर्ष २०७५ मा प्रकाशित भएका चर्चित उपन्यास हुन् । सविन प्रियासन पेसाले पत्रकार भएपनि उहाँसंग फरक फरक बिषयमा फरक बिषय बस्तु समेटेर फरक तरिकाले लेख्न सक्ने अद्भुत खुवी छ । उहाँ दंगाली आख्यान साहित्य फाँटका चम्किला तारा मध्ये एक हुनुहुन्छ । मैले सविनजीका प्राय सबै उपन्यास पढेको छुँ । उहाँका हरेक उपन्यासमा फरकफरक स्वाद संवाद पाइन्छ । ब्रेकअप डायरीपुर्ण रुपले सामाजिक लब स्टोरी उपन्यास हो । पढ्दै जाँदा उपन्यास भित्र धोका त्याग र समर्पणको गजबसँग ताना बाना बुनिएको छ ।

लेखक सविन प्रियासनले उपन्यासका पात्रहरु माझ शब्द समायोजन सरल र सुक्ष्म तरिकाले गर्नु भएको छ । त्यसको लागि उपन्यासकारको खुवीलाई मान्नै पर्छ । ब्रेकअप डायरीमा सविनजीले सानियालाई म पात्रको रुप दियर लेखकीय भूमिका सुरु भएको छ । यो एउटा प्रेमिल नारी प्रधान उपन्यास हो । लेखकको कलमका सब्दहरु “म” पात्र अस्ट्रेलिया जाने सपनाबाट उपन्यासको कथा सुरु हुन्छ । उपन्यासकार सबिन प्रियसनको यो उपन्यासमा एउटा नविनतम शैली लाग्यो ।

अबिरल बग्ने राप्ती नदी जस्तै सलललल बग्ने सरल भाषा । मन मोहक सम्बाद, काथाका पात्रसँग रमणीय दृश्यसँगै आफु पनि सयर गरेझैं लाग्ने युवा पुस्ताको आफ्नै कथा हो । कथामा प्रेम छ । धोका छ । त्याग छ । समर्पण छ । ब्रेकअप डायरीको छुट्टै मजा छ । रोमाञ्चित बनाउछ । निरास बनाउछ । कौतुुहल जगाउछ । अन्त्यमा संयोगान्त मिलनले मन प्रफुल्ल बनाउछ । उपन्यासमा सम्पूर्ण युवा वर्गको परिवेश र जीवनको तादात्म्य लाई मिहिनेतका साथ कथामा तानावाना बुनिएको छ । उपन्यास आत्मकथा शैलीमा लेखिएको भएपनि निकै मिठो र राम्रो प्रस्तुति छ ।

उपन्यास भित्र
मुख्य पात्र सानिया मध्यम परिवारकी केटि हुन्छिन् । उनको अष्ट्रेलिया पढ्न जाने सपना हुन्छ । यस्तो सपना प्रत्येक युवा युवती माझ झांगिएको आम बिषय हो । यस्तै बिषय बस्तुका शब्दबाट कथा सुरु भएको छ । ब्रेकअफ डायरीको कथा पहिलो ब्रेकअपको पीडा भोग्नु अगावै देखि मुख्य पात्रको मनोवैज्ञानिक संघर्षबाट सुरु भएको छ । उनलाई पहिलो प्रेममा नै ब्रेकअप ढुंगा लाग्छ । उनको नैराश्य जीवनमा प्रणवको आगमनले ल्याएको परिवर्तनले नै उपन्यासका पाठकलाई अन्त्यसम्म बेजोडले बाधिराख्न सफल छ ।

उपन्यासमा प्रणव सानिया भेट अगावै उनीहरूको जीवनमा आएका मौसमी प्रेमीहरु कृष्ण र सलिना बिन्दास महत्वाकांक्षी पात्रहरू रहेका छन् । प्रणवले मनपरायकी केटीको बैकमा जागिर हुनासाथ बदलिँदो आचरण, कृष्णको युवती मोह । सरोज र अर्पणाको हार्दिक प्रेम, अन्तर जातीय बिवाह । आदि धेरै पटकथा जोडिदा उपन्यास पढ्दा भरि प्रेममय बाताबरण रहि रहन्छ । हरेक ब्यक्तिको मन भित्र कसैसँग गहिरो प्रेम हुन्छ । तर ब्यक्त गर्न सकिदैन । दुई दिनको भेटलाई प्रेम सम्झेर प्रस्ताव गर्नेले एक अर्काको मनको भावना बुझेको हुँदैन । भन्ने गहिरो सन्देश छ ।

अन्त्यमा,
मेैले अगाडिनै उल्लेख गरि सके । सबिन प्रियासनका प्राय सबै उपन्यास पढिसकेको छु । सायद मेरो प्रिय उपन्यासकार सुविन भट्टराईको “प्रिय सुफी” अर्का प्रिय उपन्यासकार सविन प्रियसनजीको “सेल्फी” एकै साथ पाठक माझ आएको हुनुपर्छ । दुबै उपन्यास साथसाथै पढेको थिएँ । दुबै उपन्यासमा अबला नारीको आत्मसम्मान र हिम्मतमा आधारित सामाजिक बिषय बस्तुको कथा थियो । मलाई कथाको बिषय बस्तुमा “सेल्फी” दमदार लागेको थियो । तर ब्रेकअप डायरीले लेखकको अरु उपन्यासमा जस्तै आदर्श, दार्शनिक वा सैद्धान्तिक आधार पछ्याएका छैनन् । उपन्यासकारले मुख्य पात्रलाई रोमान्स गराई रहँदा कथ्यहरु दोहोरिएको पाइन्छ ।

कथानक घटनामा नविन कुरो नयाँ दृष्टि पन केही नभए पनि शब्द लालित्य, भाषाको महक, प्रस्तुतिको शिल्पी आदिले उपन्यास अब्बल बनाएको छ । यसैले पाठकहरु अन्त्य सम्म पनि ब्रेकअप डायरीको पाना पल्टाएर शब्दको सागर भित्र डुबुल्की मारि रहन्छन् । उपन्यास सरल र एकदमै राम्रो बनेको छ ।

गहन परिकल्पनाको हिसावले ब्रेकअफ डायरी पाठक माझ परिपक्क उपन्यास छ । युवा साथै सम्पूर्ण उपन्यास पारुखीको लागि एउटा गतिलो खुराक छ । सबै युवा बर्गले ब्रेकअप डायरी एकपटक अध्यन गर्नु पर्छ ।

Advertise with us