यामाहाले ततायो घोराही

 

Buddha International Hospital

घोराही १८ चैत । श्रेष्ठ अटोमोबाइल द्वारा सञ्चालित महामेलाले यतिबेला घोराही तताएको छ । श्रेष्ठ अटो मोबाइल र एम ए डब्ल्यू इन्टरप्राइजेजको संयुक्त आयोजनामा चैत १८ गते देखी २२ गते सम्म चलिरहेको महामेलाको पहिलो दिनमा १७ वटा मोटरसाइकल,स्कुटी एक्सचेन्ज तथा बिक्री भएको छ । महामेलामा मोटरसाइकल स्कुटी एक्सचेन्ज तथा किन्नेहरुको लर्को लागेको छ भने ग्राहकहरु निक्कै उत्साहित देखिएको सञ्चालक दीपक श्रेष्ठले बताउनु भयो ।

Advertise with us

महामेलामा निशुल्क मोटरसाइकलको चेकजांच भएको थियो भने सांगीतिक कार्यक्रमहरुको आयोजना पनि गरिएको थियो । साथै ८ वटा मोटरसाइकल अग्रिम बुक भएको छ । यामाहाको महामेलामा जुनकुनै कम्पनीको जस्तो सुकै पुरानो मोटरसाइकलको कम मुल्यांकन रु. ३० हजार गरिने र मोटरसाइकल ,स्कुटी खरीदमा बजारको मूल्य भन्दा रु. १० हजार थप मूल्यांकन गर्ने दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

महामेलामा ग्राहकहरुको सेवा सुविधालाई मध्य नजर गर्दै मोटरसाइकलको खरिदमा रु. १० हजार देखि रु. १ लाख सम्मको विशेष छुट रहेको र प्रत्येक हफ्ता लक्की ड्र मार्फत एकजनालाई सुनको सिक्का समेत रहेको श्रेष्ठ अटोमोवाइलका प्रबन्धक राजेन्द्र श्रेष्ठले बताउनु भयो ।

साथै मोटरसाइकल तथा स्कुटीको खरीदमा यामाहाले बाइक कभर ,हेलमेट,स्पोटर्स ब्याग,ग्लोबस लगायतका सामानहरु निशुल्क उपलब्ध रहेको जानकारी दिनुभयो । पांच दिनसम्म चल्ने यामाहाको महा मेलामा न्युनतम ब्याजदरमा मोटरसाइकल तथा स्कुटीको फाइनान्सको व्यावस्था पनि रहेको छ ।