जिल्ला अदालतमा मुद्धाको चाप बढ्दै


प्यूठान, चैत १८  । प्यूठान जिल्ला अदालतमा मुद्धाको चाप बढ्दै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङक अनुसार मुद्धाको चाप वर्षेनी बढ्दै गएको हो । आर्थिक वर्ष २०७३÷०७४ मा २९९, २०७४÷०७५ मा ४२६ र चालु आर्थिक वर्ष २०७५÷०७६ को फागुनसम्म ३९० मुद्धा दर्ता भएको जिल्ला अदालत प्यूठानले जनाएको छ ।


यस आर्थिक वर्षको अन्त्यसम्म मुद्धा दर्ता बढ्ने जिल्ला न्यायधीश विष्णु प्रसाद गौतमले बताउनुभयो । ३९० मुद्दा मध्ये २१० फछ्यौट भएको छ । सम्बन्ध विच्छेदको १११ मुद्धा दर्ता भएकोमा ५९ फैसला भएको छ । फैसला भएका ५९ मुद्दा सबै महिलावादी हुन, गौतमले भन्नुभयो, महिलावादी ८५ र २६ मुद्दा पुरुषवादी छन् । पुरुषको हकमा कम्तीमा एक वर्ष पर्खनु पर्ने भएकोले फैसलामा हुन नसकेकोे उहाँले स्पष्ट पार्नुभयो ।

Blog Post Ad


कैद लगत १२ हजा २३५ वर्ष तीन महिना १० दिन मध्ये १९१ वर्ष नौ महिना २० दिन फछ्यौट भएको छ । जरिवाना तर्फ ६९ लाख १४ हजार ४७१ रुपियाँ ४४ पैसा मध्ये १७ लाख ५३ हजार १६३ रुपैयाँ भुक्तान भएको छ ।

Blog Post Ad

अदालतले न्यायीक बाह्य पहुँच कार्यक्रम अन्र्तगत समुदायमा न्याय सम्वन्धी सचेतिकरण कार्यक्रम समेत गर्दै आएको छ । यस वर्ष तीन स्थानमा कार्यक्रम गरेका छौं, न्यायधीस गौतमले भन्नुभयो, महिला, विद्यार्थी, सर्वसाधारणसँग कार्यक्रम गरेका छौं । जिल्लामा अंश, सवारी ज्यान, जवरजस्ती करणी, कर्तव्य ज्यान, बहुविवाह सम्वन्धी मुद्धा धेरे हुने गरेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *