घोराहीमा यामाहाको महामेला , प्रत्येक हफ्ता सुनको सिक्का

Advertise with us


घोराही १७ चैत । श्रेष्ठ अटो मोबाइल यामाहाले घोराहीमा महामेला गर्ने भएको छ । श्रेष्ठ अटो मोबाइल र एम ए डब्ल्यू इन्टरप्राइजेजको संयुक्त आयोजनामा चैत १८ गते देखी २२ गते सम्म महा मेला हुने भएको छ ।

Buddha International Hospital
Advertise with us

महा मेलामा निशुल्क मोटरसाइकलको चेकजांच,सर्भिसिङ,मोटरसाइकल तथा स्कुटी एक्सचेन्ज, संगै मोटरसाइकल रेस ,हाजिरी जवाफ तथा सांगीतिक कार्यक्रम रहेको ड्रिमल्यान्डका सञ्चालक दीपक श्रेष्ठले बताउनु भयो । साथै कुनैपनि कम्पनीको जस्तो सुकै पुरानो मोटरसाइकलको कम मुल्यांकन रु. ३० हजार गरिने र मोटरसाइकल ,स्कुटी खरीदमा बजारको मूल्य भन्दा रु. १० हजार थप मूल्यांकन लगाउने पत्रकार सम्मेलन मार्फत दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

महा मेलामा ग्राहकहरुको सेवा सुविधालाई मध्य नजर गर्दै मोटरसाइकलको खरिदमा रु. १० हजार देखि रु. १ लाख सम्मको विशेष छुट रहेको र प्रत्येक हफ्ता लक्की ड्र मार्फत एकजनालाई सुनको सिक्का समेत रहेको श्रेष्ठ अटोमोवाइलका प्रबन्धक राजेन्द्र श्रेष्ठले बताउनु भयो । साथै मोटरसाइकल तथा स्कुटीको खरीदमा यामाहाले बाइक कभर ,हेलमेट,स्पोटर्स ब्याग,ग्लोबस,लेग गार्ड लगायतका सामानहरु निशुल्क उपलब्ध रहेको जानकारी दिनुभयो ।

पांच दिनसम्म चल्ने यामाहाको महा मेलामा न्युनतम ब्याजदरमा मोटरसाइकल तथा स्कुटीको फाइनान्सको व्यवस्था पनि रहेको र जापान कम्पनीको उत्पादन हुनुका साथै धेरै नै बलियो पार्टपुर्जा समेत भएकाले ग्राहकले यामाहा ब्रान्डलाई नै विश्वास गरेको श्रेष्ठ अटोमोवाइलका सुपर भईजर लक्की सल्मानीले बताउनु भयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ्गका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता रहेको थियो भने महा मेलाको बारेमा यामाहाका सेल्सम्यान दिनेश केसीले जानकारी गराउनु भएको थियो । ड्रिमल्यान्डका सञ्चालक दीपक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार आर के शीतलले गर्नु भएको थियो ।