हामी खरानी भैसक्यौ ः अग्निपिडित

राहत लिएर पुग्यो देउखुरी उद्योग बाणिज्य संग लमही

Advertise with us


शिवु खनाल
देउखुरी, १७ चैत्र | देउखुरी उद्योग बाणिज्य संघ लमहीले राजपुर गाउँपालिका वडा नम्बर १ बरुवानाका स्थित अग्निपिडितहरु लाई राहत स्वरुप नगद दुई परिवार लाई सोह्र हजारका दरले राहत उपलब्ध गराएको छ ।

Advertise with us

Buddha International Hospital

एक औपचारीक कार्यक्रम अन्र्तगत देउखुरी उद्योग बाणिज्य संग लमहीका पदाधिकारीहरुले घटनास्थलमा पुगि व्यक्तिगत रुपमा दुई परिवार लाई नगर सोह्र हजारका दरले राहत वितरण गरेको हो । कार्यक्रममा नेपाली काङ्ग्रेस राजपुर सा.वि.क बेला गा.वि.स ईकाई सभापती शरद बुढाथोकि र राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्रसिह भण्डारीको पहलमा देउखुरी उद्योग बाणिज्य संघले अग्निपिडितहरु लाई नगद राहत प्रदान गरेको हो ।


देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले विभिन्न अनलाई, पत्रपत्रिका र रेडियोहरुमा आग्निपिडित लाई राहत वितरणको समाचार प्रकाशित भएपछि हामीले राहत लिएर आएका हौ, अध्यक्ष श्रेष्ठले भन्नुभयो,–धरेै नसकेपनि सानो भएपनि अग्निपिडितको घाउमा मलम पट्टि लाग्ला भनेर हामीले नगद सहयोग लिएर आएको बताउनुभयो ।


यस्तै जस्ले हामी अग्निपिडितहरुको घाउमा मलम पट्टि लाउनुभयो, जस्ले हामीलाई सहयोग गर्छ, उहिनै हाम्रो आमा बुवा हुन् , अग्निपिडितहरुले भने ।  बच्चाहरु लाई देख्दा मन खायो । समाजसेवि खिम पुनले अग्निपिडितका साना दुदे छोराछोरी देख्दा कटक्क मन खायो । यिनिहरुको भविश्य अन्धकार हुनहुदैन । यिनिहरुले पढ्न पाउने अधिकार छ । सोही अनुरुप मैले मेरो व्यक्तिगत तर्फबाट नगद चार हजार सहयोग प्रदान गेर, समाजसेवि पुनले भन्नुभयो ।


कार्यक्रममा महासचिव कमलजंग सिंह ठकुरी, उद्योग बाणिज्य संघका सदस्य जागेश्वर बस्याल, नेपाली कांग्रेस इकाई सभापति शरद बुढाथोकी, वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारी, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम कार्यान्वयन समिति राजपुरका सदस्य भीम ओली, समाजसेवी खिमबहादुर पुन लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा शरद बुढाथोकि, भिम वलि, स्थानिय हेमराज गिरि, खिम पुन, पत्रकार दशरथ घिमिरे, शिवु खनाल, प्रिया स्मृती गजमेर, शिवराज खनाल लगाएतले मन्तब्य राख्नु भएको थियो ।

ने.क.पाद्वारा सहयोग प्रदान
राजपुर गाउँपालिका नेकपाको पार्टिले राजपुर गाउँपालिका वडा नम्बर १ बरुवानाकाका अग्निपिडितहरु लाई राहत स्वरुप नगद ५१ हजार ४ सय ४५ सहयोग प्रदान गरेको छ र प्रदेश नम्बर ५ का सांसद ईन्द्रजित थारुले राहत स्वरुप नगद ५ हजार सहयोग प्रदान गर्न‘ भएको छ ।


राजपुर गाउँपालिका नेकपा पार्टीका अध्यक्ष चक्रबहादुर खड्का शिखरका अनुसार पार्टिमा छलफल गरि हामि हजुरलाई राहत वितरण गर्ने आएका हौ । हामीले हजुरहरु लाई राहातको लागि विभिन्न संघ संस्थाहरुमा छलफल गरेका छौ, खड्काले भन्नुभयो ।

राजपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष विष्णु बुढा, वडा नम्बर ६ का वडाध्यक्ष श्याम रोका, वडा नम्बर २ का वडाध्षक्ष दुर्गाप्रसाद शर्मा, वडा नम्बर १ कि वडा सदस्य केशमाला सुनार लगाएतको सहभागितामा राहत प्रदान गरिएको थियो ।