विकासलाई समृद्धिसँग जोड्न मुख्य मन्त्रीको आग्रह

 

Buddha International Hospital

रीता लामा

Advertise with us

प्रदेश नम्वर ५का मुख्य मन्त्री शंखर पोखरेलले विकासलाई समृद्धिसँग जोड् आग्रह गरेका छन । उनले सबै तिर पुर्वाधार विकासको काम भए पनि त्यसलाई व्यवसायीक गर्न नसके देशमा समृद्धि आउन नसक्ने भन्दै उनले आफ्नो गाउँठाउँमा हुने रहेक विकासे कामलाई समृद्धिसँग जोड्नुपर्ने बताएका हुन ।
घोराही उपमहानगरपालिका वडा नम्वर ७को नवनिर्मित भवनको उत्घाटन गर्दै मुख्य मन्त्री पोख्रेलले नयाँ सरकार आएसँगै सडक, पुलपुलेसा बन्ने र सिचाइको पुर्वाधार तयार हुने काम तिव्र गतिमा भैरहेको दावि गरे ।
साथै उहाँले जनतालाई उत्पादन मुखि काममा लाग्न समेत आग्रह गर्नुभयो । दाङको विकासको लागि आफुले हरदम प्रयास गरिरहेको भन्दै उहाँले आफ्नो जिल्लाको उन्नतिको लागि आफुले हरदम प्रयास गरिरहेकोमा दावि गरे । मुख्य मन्त्री पोखरेलले स्थानिय निकायले पनि संविधानले दिएको अधिकार प्रयोग गरि स्थानिय निकाले जनताको काम तिव्र गतिमा अगाडी बढाउनुपर्ने धारणा राखे । उनले दाङको विकासको लागि यहाँको धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासमा पनि जोड दिनुपर्ने भएको हुदा जिल्लाका धेरै धार्मिक क्षेत्रलाई प्रदेश छुट्याएको धारणा राखे ।


कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले आफुले नगरमा आधुनिकिकरण गरि काम गरिरहेको दावि गरे साथै उनले यहाँको विकासको लागि सबै जनताहरुको साथ र सहयोग समेत आवश्यक परेको धारणा राखे ।
कार्यक्रममा नेकपाका नेता एवम प्रतिनीधिसमभा सदस्य हिराचन्द्र केसी, भागवत विश्वासी लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।
वडा नम्वर सातका वडा अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्वर पाँचका वडा अध्यक्ष विष्णुमणि दाहाल, मावि सौडियार ज्ञानेन्द गौतम, नेकपा विरबहादुर चौधरी, कांग्रेस नेता कर्णबहादुर बुढाथोकी, राप्रपाका मंगल चौधरी, टोल विकास संस्थाको बृद्धि प्रकास चौधरी लगायतले आआफ्नो धारणा राखेका थिए ।
वडा नम्वर ७का वडा सचिव चन्द्र केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सामाजिक परिचारक विमल योगीले गरेका थिए ।
वडाले तीन वटा कोठा र एउटा हल भएका चार कोठो भवन निर्माण गरेको छ । भवनको कुल लागत ५८ लाख रहेको वडा कार्यालय जनाएको छ । मुख्य मन्त्री पोखरेलले रिवन काटेर एवम भवनको भित्तामा बनाइएको लिलालेख पढेर भवनको उत्घाटन गरेका थिए ।

 

Advertise with us