शिविरमा चार सयले लिए विशेषज्ञ सहितको सेवा

Advertise with us

रीता लामा

Buddha International Hospital

घोराही, १६ चैत । परिवार नियोजन दाङ शाखाले शनिवार प्युठान नगरपालिका वडा नम्वर २ खालमा आयोजना गरेको स्वास्थ्य शिविरमा चार सय १४ जनाले विशेषज्ञ डाक्टर सहितको सेवा लिएका छन ।

Advertise with us
परिवार नियोजन दाङ शाखाका प्रबन्धक बसन्त खनालले दिएको जानकारी अनुसार प्युठान नगरपालिकाको वडा कार्यालयसँगको सहकार्यमा गरिएको स्वास्थ्य शिविरमा ९४ जना पुरुष र तीन सय २० जना महिलाले सेवा लिएका छन ।
जसमा ९४ जनाले ल्याव सेवा, ९५ जनाको पाठेघरको जाँच, २०३ जनाको आँखा जाँच, ५९ जनाको दाँतको जाँच गरिएको भने २२ जनाको दाँत फालिएको थियो । यस्तै १८ जनाको मोतिविन्दुको अप्रेशन गरिएको थियो । यस्तै दुइ जना महिलाको परिवार नियोजनको अस्थायी साधन इमप्लान्ट निकालिएको थियो भने १० जनाको हालिएको थियो । शिविरमा पाठेघर खसेका ३२ महिलाहरु आएका थिए, जसमा सात जनाको पाठेघरमा रिङ राखिएको थिो भने दुइ जनाको निकालिएको थियो । यस्तै दुइ जनाको आयुसिडि निकालिएको थियो भने १ जनाको राखिएको थियो ।

 

शिविरमा डा.समिक्षा डिसी, डा.अमित नामगाडे, डा.अभिशेक शर्मा, आँखा अस्पतालका लालबहादुर चौधरी, नर्सहरु प्रभा केसी, सिर्जना ज्ञवाली, चिनी श्रेष्ठ, सन्जु भण्डारी, ल्याव असिस्टिन सन्ध्या गौतम लगायतका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।
यस्तै शिविरका परिवार नियोजनकी केन्द्रिय सदस्य निर्मला गौतम, पुर्व दाङ शाखा अध्यक्ष गणेश श्रेष्ठ, शाखा सचिव माया गौतम, प्रबन्धक बसन्त खनाल, पत्रकार सुलोचना गौतम, बसुन्धरा गौतम, रीता लामा लगायतको सहभागिता रहको थियो ।

 

 

यसैबीच परिवार नियोजन दाङ शाखाले स्वर्गद्वारीको खालमा आयोजना गरेको बृहत स्वास्थ्य शिविरको प्रदेश नम्वर ५ का भौतिक पुर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले उत्घाटन गरेका थिए ।
शिविरको उत्घाटन गर्दै मन्त्री चौधरीले नियमित जाँच नगर्दा व्यक्तिले धेरै दुख पाएको भन्दै सबै नागरिकहरुले नियमित स्वास्थ्य जाँच गर्नुपर्ने बताए । उनले व्यक्तिको स्वास्थ्य निकै महत्वपुर्ण भएको भन्दै स्वास्थ्य सुधारको लागि सबैले ध्यान दिनु पर्ने धारणा पनि राखे । प्रदेश सरकारले भौतिक सुधारसँगसँगै स्वास्थ सेवामा पनि विशेष ध्यान दिएको उनको भनाई थियो ।
मन्त्री चोैधरीले प्रदेश र केन्द्र सरकारले लिएको सुखि नेपाली समिद्द नेपालको नारा पूरा गर्नको लागि जनता निरोगी हुनुपर्ने बताए । नागरिकलाई स्वास्थ्य वनाउने स्वास्थ्य शिबिर सफलताको शुभकामना समेत व्यक्त गरे ।

 

प्युठानको स्वर्गद्वारी नगरपालीका वडा नम्वर दुइका वडा अध्यक्ष मिनराज राना मगरको अध्यक्षतामा सम्पन्न उत्घाटन सत्रमा बोल्दै स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकाले प्युठानको विकट क्षेत्रमा रहेका जनताहरू स्वास्थको पहुँचमा नरहेको हुँदा शिविरले यहाका जनताहरूलाई निकै लाभ पुर्याउने बताए । उनले आफ्नो क्षेत्रमा शिविर सचालन गरेको भन्दै परिवार नियोजन दाङले शाखाप्रति आभारी समेत प्रकट गरे ।
कार्यत्रममा प्रदेश पाचका सासदहरू हरि रिजाल, ससाद तुलाराम घर्ती, चेत नारायण चोैधरी लगायतको सहभागिता रहेको थियो । परिवार नियोजन दाङ शाखाकी सचिब माया पोख्रेलको स्वागत मन्तव्यवाट सुरू भएको कार्यत्रमको सहजिकरण वडा नम्वर दुईका सचिव ऋषिकेश भण्डारीले गरेका थिए शाखाका प्रबन्धक बसन्त खनालले प्रकाश पारेका थिए ।