आधा पेट खान्छन् आगलागी पीडित

Advertise with us

दशरथ घिमिरे

Buddha International Hospital

दाङ, चैत १६ । खरानी खाेस्रिदा थाकेकी प्रतिमा सुनार खरानीकाे घर हेर्दै टाेलाउछिन्। आधा जलेर कालाे टाटा परेकाे काठकाे खाँबा, खाक परेकाे साइकल, टुक्रा-टुक्रा परेकाे घरकाे भित्ताले सग्लाे घरकाे सम्झना दिलाउँछ।

Advertise with us

तर, वास्तविकतामा उही खरानी परेकाे घरमा प्रतिमा सुनारकाे परिवार विस्थापित जीवन बिताउन थालेकाे नाै दिन पुगेकाे छ। आफ्नै घरकाे अगेनामा चुल्हो बाेलेकाे छैन।आफुले आधा पेट खाएर पनि छाेरा छाेरीलाई पेटभरि खाना खुवाउनु परेकाे छ।

`आफु भाेकै बसेर भएपनि छाेरा छाेरीले पेटभरि खुवाउन खाेज्छु । कहिले कस्काे घरमा कहिले कस्काे घरमा बाँस बस्छौं´प्रतिमाले भनिन्,`आफ्नाे घरमा कहिले बस्न पाइएला ?´

राजपुर गाउँपालिका वडा नम्बर १ बरुवा नाकामा गत चैत ७ गते आगलागी भएपछि प्रतिमा र पेमा सुनारकाे परिवार बिस्थापित भएको छ। बाेर्डरकाे बस्ति। उब्जाउ भूमि छैन। मुस्किलले अढहर र मकै हुन्छ। त्यसले बर्षभरी खानै पुग्दैन। भारती बजारबाट चामल, नुन, तेल ल्याएर गुजारा चलाउनु पर्ने बाध्यता छ।

`भारती बजार हाे चामल किन्न जाने। नेपालकाे बजार पुग्न दिनभरी लाग्छ। भारतकाे बजार पुग्न एक घण्टा’, लाेकबहादुर सुनारले भने,`ऋण काढेर चामल किनेर छाक टारेका छाैं।’

राजपुर गाउँपालिका वडा नम्बर १ बरुवा नाकामा २ घर जलेर खरानी भएपछि आगलागि पिडितकाे बिचल्लीमा परेकाे हाे। लाेकबहादुर सुनार र बाबुराम सुनारकाे घर जलेर खरानी भएको छ।

राहत दिन नाका पुग्याे उद्योग बाणिज्य संघको टाेली

बरुवा नाकाका आगलागी पीडितलाई देउखुरी उद्योग बाणिज्य संघले राहत हस्तान्तरण गरेकाे छ। उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठकाे नेतृत्वमा पुगेकाे टाेलिले आगलागि पीडितलाई प्रति परिवार १६ हजारका दरले २ घर परिवारलाई ३२ हजार रुपैयाँ नगद राहत प्रदान गरिएको हाे।

यस्तै लमही निवासी समाजसेवी खिमबहादुर पुनले नगद चार हजार राहत हस्तान्तरण गरे। राहत हस्तान्तरण गर्न उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेठ, महासचिव कमलजंग सिंह ठकुरी, उद्योग बाणिज्य संघका सदस्य जागेश्वर बस्याल, नेपाली कांग्रेस इकाई सभापति शरद बुढाथोकी, वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारी, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम कार्यान्वयन समिति राजपुरका सदस्य भीम ओली, समाजसेवी खिमबहादुर पुन लगायतकाे सहभागीता रहेकाे थियाे ।

नेकपाकाे ५६ हजार राहात नेकपा राजपुर गाउँ कमिटीले बरुवा नाकाका आगलागी पीडितलाई राहत बितरण गरेकाे छ। पार्टी अध्यक्ष चक्रबहादुर खड्का(शिखर)काे नेतृत्वमा संकलन गरिएको ५६ हजार चार सय ४५ रुपैयाँ राहात रकम पीडित परिवारकाे घरमा पुगेर हस्तान्तरण गरिएको हाे।यस्तै प्रदेश सभा सदस्य इन्द्रजित थारुले पाँच हजार नगद प्रदान गरेका छन्।

राहत बितरण गर्न वडा नम्बर १ का अध्यक्ष बिष्णुबहादुर बुढा मगर, वडा नम्बर ६ मा अध्यक्ष श्यामबहादुर राेका, वडा नम्बर २ मा अध्यक्ष दुर्गाप्रसाद शर्मा, पुष्पा यादव, ऋषीराम यादप, देवीराम सुनार, वडा सदस्य गाेमा अधिकारी, सुदयराज चाैधरी, भिम ओली लगायत गएका थिए।