सकारात्मक सोचमा जोड : प्रशिक्षक गौतम

घोराही १६ चैत । दाङ्ग महिला जेसीजको सकारात्मक सोच सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिमका प्रमुख अतिथि तथा प्रशिक्षक स्कूल अफ ट्रैनिंग सेन्टरकी संचालक प्रतिक्षा गौतमले जीवनमा अगाडि बढ्नका लागी सकारात्मक सोचमा जोड दिने बताउनु भयो ।

Buddha International Hospital

Advertise with us

साथै उहांले मानिसले जीवन सफल बनाउनका निम्ति पहिले आफ्नो नकारात्मक सोचलाई सकारात्मक सोचमा बदलिनु एकदमै आवश्यक रहेको र जीवनस्तरलाई हांसीखुसी विनम्रपुर्वक अगाडि बढाउन सके मात्र मानिस सफल हुने बताउनु भयो । दाङ्ग महिला जेसिजको आयोजनामा भएको तालिममा २७ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम दाङ्ग महिला जेसिजकी उपाध्यक्ष जेसी जून कुमारी बुढाको संयोजकत्वमा सम्पन्न गरिएको थियो भने कार्यक्रममा आस्थापाठको अगुवाई दाङ्ग महिला जेसिजकी सदस्य जेसी वसन्ता भण्डारीले गर्नु भएको थियो ।

कार्यक्रममा दाङ्ग महिला जेसिजकी उपाध्यक्ष जेसी जून कुमारी बुढाको स्वागत मन्तव्य रहेको थियो । साथै कार्यक्रममा दाङ्ग महिला जेसिजकी कार्यकारिणी उपाध्यक्ष जेसी ममता विष्टले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा दाङ्ग महिला जेसिजका पुर्व अध्यक्षहरु जेसी बिन्दु कुँवर ,जेसी निरजा पोख्रेल,जेसी शुसिला पौडेल र बिना बिसीको उपस्तिथी रहेको थियो | साथै कार्यक्रममा दाग महिला जेसिजकी पुर्व अध्यक्ष जेसी शुसिला पौडेलले आफ्नो शुभकामना मन्तव राख्नु भएको थियो |

कार्यक्रममा दाङ्ग महिला जेसिजकी अध्यक्ष जेसी रेखा शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण दाङ्ग महिला जेसिजकी महासचिव जेसी अनिता ढकालले गर्नु भएको थियो । तालिम घोराहीमा रहेको स्कूल अफ ट्रैनिंग सेन्टरमा सम्पन्न गरिएको थियो |