रनरको हक २०० लन्च , घोराहीमा मोटरसाइकल रयाली

घोराही १५ चैत । पछिल्लो चरणमा नेपालमा नंया-नया मोटरसाइकलहरु भित्रिने क्रममा रनरले हक २०० मोटरसाइकल नेपालमा लन्च भएको छ । बंगलादेशमा बनेको हक २०० मोटरसाइकल लन्च भए लगतै रमन मोटर्सको दाङ्गको आधिकारिक बिक्रेता आर एस इन्टरप्राइजेजले घोराहीमा मोटरसाइकल रयाली गरेको छ ।

Buddha International Hospital

Advertise with us

काठेकोलदेखि ट्राफिक हुदै नंया वजार अनि दामोदर चोक अनि तुलसीपुर चोक-दीपशिखा रोड भई पुन: काठेकोलमा रयाली आइपुगेको थिए । घोराहीमा रयाली गरे लगतै आईतबार लमही ,सोमबार तुलसीपुर अनि मंगलबार सल्यानमा हक २०० को मोटरसाइकल रयाली गर्ने आर एस इन्टरप्राइजेजका सञ्चालक रीसभ घर्तीले बताउनु भयो ।

साथै २०० सिसीको हक मोटरसाइकलको खरीदमा रु.२० हजार छुट रहेको जानकारी दिनुभयो । दुई वर्षको वारंटी भएको हक २०० मोटरसाइकलको मूल्य रु. ३ लाख ९९ हजार रहेको छ भने रनरको अन्य मोटरसाइकलहरुमा रु.१० हजार देखि रु.१ लाख सम्मको स्क्र्याच कुपन रहेको सञ्चालक रीसभ घर्तीले बताउनु भयो ।

साथै घोराहीको काठेकोलमा रहेको रनर शोरुमले ग्राहकहरुको सुविधाको लागी मोटरसाइकल फाइनान्सको पनि व्यवस्था रहेको घर्तीले जानकारी दिनुभयो । बंगलादेश कम्पनीको उत्पादन हुनुका साथै धेरै नै बलियो पार्टपुर्जा समेत भएकाले ग्राहकले रनरब्रान्डलाई नै विश्वास गरेको कम्पनीको भनाइ छ ।