शिक्षा, सीप र श्रमबाट समृद्धिः नगरप्रमुख पाण्डे

तुलसीपुर, चैत्र १४ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शिक्षा, सीप र श्रमको संयोजनवाट मुलुकमा समृद्धि आउने कुरा उल्लेख गरेका छन् । उनले उद्यमशिलतातर्फ युवाहरुलाई केन्द्रीत गर्न सबैले ध्यान दिनुपर्ने कुरामा पनि जोड दिए । सेन्टर मावि तुलसीपुरले आयोजना गरेको ३ महिने कम्प्युटर मर्मत तथा हाउस वाइरिङ सम्वन्धि कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख पाण्डेले तुलसीपुरको विकास तिव्रतर गतिमा भएको वताउँदै केही वर्षमै नेपालको मुहार फेरिने कुरामा जोड दिए । उपमहानगरपालिकाले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्न लागेको वताउँदै उनले हरेक व्यक्तिले आफुमा रहेको तागतलाई चिनेर सीप सिक्नुपर्ने वताए ।
वडा नम्वर ६ का वडाध्यक्ष नवराज लामिछानेले अरुको काम गर्नुभन्दा पनि आफ्नो जागिरको सृजना आफैले गर्नुपर्ने कुरामा जोड दिए । उनले स्वरोजगारले मान्छेलाई स्वाबलम्बी वनाउने कुरा वताए । विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले विद्यालयको समाजप्रतिको दायित्व पुरा गर्नका लागि तालिमको आयोजना गरिएको वताए । उनले तालिममा उपमहानगरपालिकाका १९ वटै वडाबाट २ महिला सहित ४ जनाका दरले सहभागी गराइएको जानकारी गराउँदै तालिम ३ महिनासम्म सञ्चालन हुने पनि वताए । शिक्षिका रमा आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सह प्रधानाध्यापक भोला पौडेलले गरेका थिए ।

Advertise with us

Buddha International Hospital