जहाजको वैधानिकता नाप्ने काँग्रेसले होइन ः मुख्यमन्त्री पोख्रेल


तुलसीपुर, चैत्र  । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेपाल एयरलाइन्सको वैधानिकता नाप्ने निकाय काँग्रेस नभई नेपाल सरकारले भएको वताएका छन् ।

Buddha International Hospital
Advertise with us

टरिगाउँ विमानस्थलमा सञ्चालन भएकोे विमान नेपाल सरकारको वैधानिकता अनुसार सञ्चालनमा आएको भन्दै काँग्रेसका एक नेताले हतास मानसिकताले गैरकानुनी उडान भनेर वक्तव्यवाजी गरेको मुख्यमन्त्री पोख्रेलको भनाई थियो ।

‘काँग्रेसकै पालामा नेपाल सरकारले वैधानिकता दिएको विमान कसरी नेकपाको पालामा अवैधानिक भयो ?’ उनले प्रतिप्रश्न गरेका थिए । तुलसीपुर उपमहानगरले गरेको कामको प्रशंसा गर्दै मुख्यमन्त्री पोख्रेलले दैनिक उडान भइरहेको प्रति खुसी व्यक्त गरे । तुलसीपुरमा विमान सेवा सञ्चालनबाट यहाँका जनताले राहत महसुस गरेको वताउँदै धावनमार्ग विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत वताए ।