कारागार भित्र ज्यान मार्ने धम्की दिदै पैसा असुल

Advertise with us

घोराही, चैत १४ । घोराही कारागारका एक कैदीले आफुलाई ज्यान मार्ने धम्की आएको भन्दै ज्यान जोगाईदिन आग्रह गरेका छन् ।

Buddha International Hospital

Advertise with us

पद्योदय पब्लीक नमुना विद्यालय घोराहीको बसबाट विद्यार्थी खसेर मृत्यु भएको विषयमा कारागारमा रहेका बस चालक घोराही उपमहानगरपालिका १५ निवासी कृष्णकुमार सिंह ठकुरीलाई कारागार भित्रकै केहि ब्यक्तिहरुले ज्यान मार्ने धम्की दिएको बताउनुभयो ।

पटक पटक मोटो रकम माग्ने र नदिए ज्यानै मार्ने धम्की दिने गरेको ठकुरीले जानकारी दिनुभयो । अहिलेसम्म ठकुरीले पटक पटक गरी ७० हजार रुपैँया बुझाईसकेको उहाँकी छोरी गंगु सिंह ठकुरीले बताउनुभयो । ‘बुवाले पटक पटक पैसा माग्नुभयो, किन भन्दा पहिले पहिले भन्नु भएन, त्यति धेरै रकम किन चाहिन्छ भन्ने शंका लागिरहेको थियो’ छोरी गंगु सिंह ठकुरीले भन्नुभयो, ‘भित्रबाटै ज्यान मार्ने धम्की दिदै पैसा माग्ने ब्यक्तिहरु रहेछन्, अहिलेसम्म ७० हजार बुझाई सक्यौँ ।’

यसरी बारम्बार कहिले ५ हजार कहिले १० हजार रुपैया बुवालाई दिएको छोरी गंगुले जानकारी दिनुभयो । गत विहिबार बुवालाई भेट्न कारागार पुगेको बेला आफुलाई पटक पटक ज्यान मार्ने धम्कि आएको भन्दै पैसा माग्ने गरेको बताएपछि थाहा भएको छोरी गंगुले बताउनुभयो । काराकारमै रहेका केहि ब्यक्तिहरुले पैसा माग्दै धम्कि दिने गरेको पाईएको छ ।

घोराही भरतपुरमा रहेको पद्मोदय पब्लिक स्कुलको बसको चालक रहेका कृष्ण कुमार सिंह ठकुरीले गाडी चलाउने क्रममा गत मंसिर २२ गते ढोकाबाट खसेर विद्यार्थीको ज्यान गएको थियो । सो कसुरमा चालक ठकुरीलाई पाँच महिनाको जेल सजाए तोकेको हो । आगामी बैशाख २३ गते रिहा हुने समय छ ।

कारागारमा रहेको ब्यक्तिलाई भित्रकै कैदीबन्दीले ज्यान मार्ने धम्की दिदै मोटो रकम असुल गर्नु अन्याय भएको छोरी गंगु सिंह ठकुरीले बताउनुभयो । उहाँले घटनाको सत्यतथ्य बुझेर जिउ ज्यानको सुरक्षा र पैसा असुल गरिदिन पनि जिल्ला स्थित मानव अधिकारकर्मी, पत्रकार तथा प्रहरी प्रशासन समक्ष आग्रह गर्नुभएको छ ।