तुलसीपुर-काठमाडौ दैनिक २ उडान

Advertise with us


तुलसीपुर, चैत्र १४ । तुलसीपुर काठमाडौ हवाई उडान दैनिक दुइपटक हुने भएको छ । यात्रुको चापका कारण नेपाल एयरलाइन्सको विमानले दैनिक २ वटा उडान भर्ने कमर्सियल डाइरेक्टर टंकनिधि दाहालले जानकारी दिए ।

Buddha International Hospital
Advertise with us

दाहालका अनुसार चैत्र १८ गते सोमबारबाट दिनमा दुइपटक हवाइ सेवा सञ्चालन हुने भएको हो । गत असोज २७ गतेबाट दैनिक २ उडान भर्दै आएको वायुसेवा निगमको विमानले पुसवाट दैनिक हवाइसेवा सञ्चालन गर्दै आएको थियो । लामो समयदेखि वन्द अवस्थामा रहेको विमानसेवा सञ्चालनका लागि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले पहल कदमी लिएका थिए ।


विमान सेवा दैनिक दुइपटक सञ्चालन हुने कुराले यहाँका सर्वसाधारण खुसी भएका छन् । “एकैदिनमा काठमाडौको काम सकेर दाङ आउने पाइने भइयो” तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले वताए । उनले व्यापारीहरुलाई यसले निकै फाइदा पुग्ने वताए । राप्ती अञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले दैनिक दुइपटक हवाइ सेवा सञ्चालन हुने कुराले उत्साहित वनाएको वताए । उनले आपतकालिन अवस्थामा जिल्ला वाहिरको हवाइ मार्ग प्रयोग गर्नुपर्ने वाध्यताको अन्त्य भएको वताए ।

तुलसीपुर चेम्वर्स अफ कमर्सका अध्यक्ष टोपवहादुर घर्तिले व्यवसायीहरुलाई दैनिक दुइपटक हवाइ सेवा सञ्चालन हुँदा निकै राहत महसुस भएको वताए ।


वन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनसँगै यात्रु प्रतिक्षालय टर्मिनल भवन निर्माण अन्तिम चरणमा रहेको छ । नगरप्रमुख पाण्डेले इन्धन डिपो स्थापनाका लागि पहल भइरहेको समेत वताए । उनले अन्य निजी विमान कम्पनीले समेत उडानका लागि प्रस्ताव गरेको वताए ।