छुवाछुत विरुद्धको अभियानमा लागेका छौ ः मानव अधिकार आयोग

रीता लामा

Buddha International Hospital

। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश अवस्थीले अव मावन अधिकार आयोगले छुवाछुतको मुद्दालाई किनारा लगाएरै छोड्ने बताएका छन । उनले राष्ट्रको इज्जत, मान प्रतिष्ठासँग जोडिएको विषयलाई आफुहरुले अधुरै नछोड्ने विचार राखे ।

Advertise with us


आयोगले बुधवार घोराहीमा आयोजना गरेको जातिय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अव यो मानव अधिकार आयोगको विषय भएको र जसरी भए पनि समाधान गर्ने बताए ।


अहिले सबै प्रदेशमा छुवाछुत विरुद्धको कार्यक्रमलाई आयोगले सुरु गरेको बताए । उनले प्रदेश नम्वर पाँचको दाङबाट यो कार्यक्रमको सुरुवात गरिएको जानकारी गराए । उनले अव यस क्षेत्रका सबै जिल्ला र विशेष गरि गाउँगाउँमा पुगेर छुवाछुत अन्त्यको लागि सचेतनामुलक कार्यक्रम गर्ने जानकारी समेत गराए ।


कार्यक्रममा जिल्लाका सबै सरोकारवाला निकाय एवम संघसस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका संयोजक जितेन्द्रमान नेपालीले छुवाछुत सामाजिक एवम वर्गिय समस्या भएको बताए । उनले अव सरकारले नै छुवाछुतको विरुद्धमा अभियान स्रंचालन गरेर छिट्टै निर्मुल पार्नुपर्ने भनाई राखे ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दराज रिजालले राज्यले छुवाछुट मुक्त समाजको परिकल्पना गरिरहेको अवस्थामा अझै पनि छुवाछुतको घटना देखिनु दुखद भएको बताए । छुवाछुत अन्त्यको लागि समाजमा आर्थिक रुपान्तरण, चेतना विस्तारको आवश्यकता भएको जिकिर गरे ।

‘समाजमा छुवाछुतको घटना पहिले भन्दा कमि भएको छ तर घटेको छैन ।’ उनले भने ‘सिंगो समाज अझै छुवाछुत विरुद्धको अभियानमा घुलमिल हुन सकेको छैन ।’ विशेष गरि पुराना मान्छेहरूमा अझै पनि विभेदको सोच कायमै रहेको उनको भनाई थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन गौतमले छुवाछुतका सबै खाले घटना आफुहरुले दर्ता गर्ने र प्रक्रियामा लैजाने गरेको जानकारी गराए ।

कार्यक्रमका विभिन्न संघसस्थाका प्रतिनीधि पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले नागरिकको जीवन सुधार गर्दै लगेमा तल्लो जात र माथिल्लो जात बीचको विभेद अन्त्य हुने भनाई राखे । नागरिकको जीवनलाई सुधार्दै लैजानुपर्ने बताए । कार्यक्रममा पत्रकार जनक नेपाली दलित आयोगको भुमिका कमजोर भएको आरोप गाए । छुवाछुतको विषयमा गैर दलित समुदायलाई र प्रहरी प्रसासनलाई कानुन पढाउनु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष टंक सुनार, मोती परियार, अधिकारकर्मी लक्ष्मी आचार्य, प्रेमलाल नेपाली लगायतले आआफनो भनाई राखेका थिए ।

Advertise with us