महायज्ञको आयव्यय सार्वजनिक

घोराही, १३ चैत । घोराही उपमहानगरपालिका वडा नम्वर ५ धारापानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिरले गत माघ १० गते देखि १८ गतेसम्म आयोजना गरेको श्रीमद भागवत सप्ताह तथा धन धान्यान्चल ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरेको छ ।

Buddha International Hospital


Advertise with us
मन्दिर व्यवस्थापन समितीले बुधवार मन्दिर परिषरमा पत्रकार सम्मेलनको आयोजना गरि आयव्यय विवरण सार्वजनिक गरेको हो । समितीका कोषाध्यक्ष गणेशकुमार आचार्यले दिएको जानकारी अनुसार महायज्ञमा सबै खर्च घटाएर तीन करोड २३ लाख, ६० हजार, ८ सय रुपैया बचत भएको छ । महायज्ञमा जम्मा तीन करोड ७० लाख ६ हजार तीन सय रुपैया आम्दानि भएको थियो भने ३७ लाख ६ हजार तीन सय रुपैया खर्च भएको थियो ।


समितीका कोषाध्यक्ष आचार्यका अनुसार मन्दिरमा आयोजित महायज्ञमा जग्गा दान, दान दान, सुन दान, नगद र अन्य वस्तुगत सामाग्रीबाट पनि करिव ४८ लाख २५ हजार रुपैया आम्दानी भएको थियो ।

समितीका अध्यक्ष गणेशकुमार अधिकारीले मन्दिरबाट प्राप्त रकमलाई समितीले तयार पारेको गुरुयोजनाको आधारमा खर्च गर्ने बताए उनले मन्दिरको आर्कषणको लागि एक हजार ८ जोडी वरपिपल रोप्ने, एक सय आठ गौमुखि धारा निर्माण र एक सय आठ शिवलिङ्ग निर्माणको काम सकिएको बताए ।

यस्तै अव मन्दिरको दक्षिण तिरको लेखमा रहेको भगवतिको मन्दिर निर्माण, मन्दिरसम्म पुग्नेको लागि चार हजार नौ सय सिढी निर्माणको काम थालिने बताए ।
पाण्डवेश्वर महादेव धारापानी मन्दिरको विकासको लागि प्रदेश नम्वर पाँचको सरकारबाट समेत दुइ करोड रकम विनियोजन गरिएको छ ।

Advertise with us