म पार्टी सुधारर्न लागिपरेको छु ः महामन्त्रि कोइरला

घोराही, १३ चैत । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शसांक कोइरलाले आफु पार्टी सुधाको लागि निकै मेहेनत गरिरहेको बताएका छन । नेपाली कांग्रेस पार्टीमा सबैलाई मिलाएर एकतावद्ध र बलियो पार्टी बनाउनको लागि आफुले मुख्य भुमिका निर्वाह गरिरहेको दावि समेत गरे ।

Buddha International Hospital

Advertise with us

प्रेस युनियन दाङले बुधवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता कोइरलाले यस्तो बताएका हुन । उनले पार्टी अध्यक्षको बारेमा धेरै टिकाटिप्पणी आइरहेको र अध्यक्षले पनि सबैलाई मिलाएर लैजान नसकेको हुदाँ अव त्यो जिम्मेवारी आफ्नो काधमा आएको बताए ।


‘महामन्त्रीको हैसियतले मैले पार्टी मिालाउने प्रयास गरिरहेको छु र सबैलाई मिलाएर लैजान्छु ।’ उनले भने ‘पार्टीमा केही समस्या छ, अलमल छ अव त्यसलाई संस्थागत रूपमा सफल पार्नेु हो ।’ उनले अव आउने चुनावमा पार्टी एक ढिक्का भएर जनता माझ जाने बचनबद्धता समेत व्यक्त गरे । उनले पहिले पार्टी मिलाउने अनि गाउँगाउँमा जाने आफ्नो योजना रहको सुनाए । पार्टी एक भैसके पछि आफुहरुलाई कसैले केही गर्न नसक्ने पनि बताए ।


नेपाली कांग्रेसको अगामी चौथो महाधिवेशन अगाडी नै पाटीलाई एक बनाउने बताए भने आगामी स्थानिय तहको चुनाव अगाडी नै महाधिवेशन गरिसक्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेता कोइरलाले सरकारको विरोध गर्दै दुई तिहाईको सरकार पुर्ण रुपमा असफल भैसकको आरोप लगाए । उनले सरकारको कार्यशैलिको कारण जनतामा जागेको आशा निरासामा परिणत भएको बताए ।
सरकारले नेकपा विप्लपलाई प्रतिवन्ध लगाएको विषयमा आफ्नो धारण राख्दै राजनीतिक पार्टीलाई प्रतिवन्ध लगाएर सिके राउत जस्तो विखण्डनकारीलाई काखी च्यापेको आरोप लगाए । उनले सरकारले उल्टो काम गरेको उनको भनाई थियो । ‘बास्तवमा देश टुक्राउछु भन्ने सिकेलाई सरकारले प्रतिवन्ध लगाउनुपर्ने उल्टो काम गर्यो ।

साथै उनले नेकपाका अध्यक्ष केपि शर्मा ओलीले एक्लै सरकार कब्जा गरेको आरोप समेत लगाए । सेना, संचार देखि न्यायापालिका समेत कब्जाको प्रयास गरेको उनको आरोप थियो । कार्यक्रमको सहजिकरण युनियनका सचिव आर के शितलले गरेका थिए ।