एक हजार चार सय व्यवसायमा अनुगमन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसवर्ष एक हजार चार सय व्यवसायमा अनुगमन गरेको छ । चालु आवमा दुई हजार आठ सय व्यवसायको अनुगमन गर्ने विभागले जनाएको छ ।

Blog Post Ad

Blog Post Ad

साना र ठूला दुवै खालका व्यवसायमा अनुगमन गरिरहेको विभागका निर्देशक रघुनाथ महतले बताउनुभयो । उहाँका अनुसार विभागले नियमितरूपमा विभिन्न निकायसँगको समन्वयमा अनुगमन गर्दै आएको छ ।

चाडपर्वलगायतका समयमा खाद्यान्नमा बढी अनुगमन भइरहे पनि अरु समयमा समेत नियमितरूपमा अनुगमन गरिँदै आएको उहाँले बताउनुभयो । “हामीले कति जना र कस्ता÷कस्ता व्यक्तिको टोली बनाएर अनुगमन गर्ने भन्ने भित्रीरूपमा छलफल गर्छौँ”, उहाँले भन्नुभयो, “समय र व्यवसायको गर्ने भन्ने सूचना दिँदा व्यवसायी सजग बन्न सक्छन् ।”

नेपालको संविधान, २०७२ ले तीन तहलाई नै बजार अनुगमनको अधिकार दिएको निर्देशक महतले बताउनुभयो । उहाँका अनुसार गत असोजमा जारी भएको उपभोक्ता संरक्षण ऐनले भने ‘अनुगमन अधिकृत’ ले मात्रै अनुगमन गर्न पाउने व्यवस्था गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिले ‘उपभोक्ता संरक्षण नियमावली’ मस्यौदा बनाइरहेको छ । यो नियमावली बनेपछि त्यसले नै तीन तहले कसरी अनुगमन गर्ने भन्ने टुङ्ग्याउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नियमावलीकै आधारमा सबै स्थानीय तहले अनुगमन, निरीक्षण र कमजोरी पाइएमा जरिवाना सजाय गर्न सक्नेछन् ।” नयाँ ऐनकै आधारमा विभागले अहिलेसम्ममा ११२ व्यवसायलाई स्थलगत कारवाहीसमेत गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *