दुर्घटना कम गर्न अनेक उपाय, ट्राफिक चिन्ह फाल्ने गतिविधीले समस्या

Advertise with us


दिवाकर पोख्रेल
देउखुरी, चैत १२ गते । जिल्ला ट्राफिक कार्यालय,प्रहरी कार्यालय सहित विभिन्न संघस.स्थाले सडक दुर्घटना कम गर्न विभिन्न उपायहरु अपनाउन थालेका छन् । कहिले सडकमै चालकको स्वास्थ्य जाँच त कहिले सडक सुधार तथा पर्चा पप्लेट वितरण गरेर सडक दुर्घटना कम गर्नको लागि अभियान नै संचालन गरिएको छ ।

Advertise with us

विशेषगरी पुर्वपश्चिम राजमार्ग र घोराही लमही सडकखण्डमा बढी दुर्घटनामा अकालमै ज्यान गुमाउन थालेपछि ट्राफिक प्रहरी संगै सामाजिक संघसंस्था पनि सकृय हुन थालेका छन् । विभिन्न सामाजिक संघसस्ंथा, बैंक, बाणिज्य संघसंस्था र ट्राफिक प्रहरी कार्यालयको सकृयतामा ट्राफिक संकेत सहितका वोर्डहरु, भित्तेलेखन, सचेतना कार्यक्रम ,चालक स्वास्थ्य जाँच लगायतका कार्यक्रम संचालन गरिहेको अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख बिष्णु प्रसाद केसीले जानकारी दिनुभयो ।

Buddha International Hospital

अधिकाश दुर्घटना चालककै कारण हुने गरेकोले घुम्ती र साघुरा सडकमा ट्राफिक सिचन्ह राखेर सचेत पार्ने काम गरिएको छ । दुर्घटना हुनुको पछाडी सडाको अवस्था,सवारीको अवस्था,चालकको अवस्था र भुगोलले प्रभाव पर्ने जानकारी दिदै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदनवहादुर कुवंरले जानकारी दिनुभयो ।


ट्राफिक चिन्ह नै फोडिन्छन
जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाइ र प्रभु बकको सहयोगमा घोराही लमही सडक खण्डको मोडहरुमा कनभेक्स मिरर राखेको भएपनि अज्ञात ब्यत्तिले मिरर फोडने गरेको पाइएको छ । सडक खण्डमा १६ वटा मिरर राखेको भएपनि अहिले जम्मा तीवटा मात्रै मिरर् सकुसल रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख कुवंरलले जानकारी दिनुभयो ।


विभिन्न संघसंस्थाले सहयोग गरेर राखिएका मिरर् हरु फोर्दा हामी ट्राफिक नियम प्रर्ति कत्तिको जिम्मेबार छौ भन्ने प्रस्ट्र हुन्छ, बुवंरले भन्नुभयो । सडकमा आवतजावत गर्ने अज्ञात व्यत्तिबाट मिरर्हरु तोडफोड गरेपछि ट्राफिक प्ररहीलाई पनि समस्या भएको छ । मिरर्ले आधा किलोमिटर दुरी सम्म देखिने सडक दुर्घटनामा सघाउने भएपनि अछङकल गतिविधी गर्नेबाट हुने यस्ता कार्य रोकिनुपर्ने ट्राफिक प्रहरीले जनाएको छ ।


यसैविच देउखुरी उद्योग बाणिज्य संघको सहयोगमा लमही बजार र घोराही लमही सडकखण्डमा ट्राफिक संकेत सहितका वोर्डहरु राखिएको छ । दाङमा दुर्घटना बढन थालेको भन्दै वाणिज्य संघले आफ्नो दायित्व सम्झोर ट्राफिक सचेतनामा सहयोग गरेको संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

ट्राफिक संकेत राख्नको लागि उद्योग बाणिज्य संघका महासचिव कमलजंग सिंह ठकुरी,उपाध्यक्ष विनोद पाण्डे,सदस्य बसन्त भण्डारी र ट्राफिक प्रहरी सहित पत्रकारको सहभागिता रहेको थियो ।