कारागारमा क्षमता भन्दा पाँच गुणा बढि कैदी

दाङ चैत १२ ।  दाङका कारागारमा क्षमता भन्दा बढि कैदि बन्दीहरु रहेका छन् । जिल्लाको घोराही र तुलसीपुरमा रहेका दुई कारागारको अनुगमनका क्रममा क्षमता भन्दा बढि कैदि बन्दीहरु बसेको पाईएको छ ।

Buddha International Hospital

Advertise with us

घोराही कारागारको क्षमता भन्दा ५ गुणा बढि कैदिबन्दीहरु रहेको जेलर अधिकारकर्मी सुशिल बस्नेतले बताउनुभयो । कारागारको क्षमता ५० जनाको भएपछि हाल २ सय ७४ जना कैदीहरु छन । ‘घोराहीको कारागारका कैदिहरुको अबस्था नाजुक छ, क्षमता भन्दा धेरै कैदीहरु छन्, कैदिलाई राख्नको लागि चाहिने न्युनतम मापदण्ड समेत पालना भएको छैन ।’ अधिकारकर्मी बस्नेतले भन्नुभयो ।

तुलसीपुरको कारागारमा पनि क्षमता भन्दा बढि कैदि बन्दीहरु राखिएको पाईएको छ । तुलसीपुर कारागार शाखा अन्तर्गत २०७४ मा नयाँ भवन २ सय जनाको भएपनि हाल २ सय ४२ जनालाई राखिएको निमित्त जेलर जोखिम ओलीले बताउनुभयो । २०३६ सालमा निर्माण गरिएको पुरानो भवनमा १ सय ३७ जना पुरुष र २७ जना महिला छन । पुरानो भवन एक सय जनाको हो । तुलसीपुर कारागारमा ७ जना बिदेशी नागरिक छन भने ५ जना आश्रित वालवालिकाहरु समेत रहेको जेलर ओलीले बताउनुभयो ।

कारागार भित्र पत्रपत्रिका, पुस्तक, टेलिभिजन, खेलकुद तथा मनोरञ्जनका समाग्री पनि अर्याप्त मात्रामा नरहेको पाईएको छ । खेलकुदका सामाग्री र पुस्तकहरुको अभाव रहेको भन्दै कैदिबन्दीहरुले त्यसको व्यवस्थापन मिलाईदिन समेत आग्रह गरेका छन ।

कैदीबन्दीहरु कारागार भित्रै आयआर्जनको बाटो लागेको समेत पाईएको छ । मुडा बनाउने, ढाका टोपी, पर्स, सिरक डसना, सिलाई कटाई, गलैचा बनाउने काममा कैदीहरु उत्साहित देखिएको जेलर ओलीले बताउनुभयो । कारागार भित्रै गरेको श्रमबाट समेत राम्रो आम्दानी हुँदै आएको उनिहरुले बताए ।

जिल्लाका विभिन्न सामाजिक संघसस्थाहरुमा आबृद्ध अधिकारकर्मीहरुले गरेको दुई कारागारको अबस्था पछि क्षमता तथा स्तरोन्नती गर्न कारागार प्रशासनलाई अनुरोध गरेका छन् ।

Advertise with us