कोसेली बेकरीद्वारा बृद्धाश्रममा सहयोग

घोराही ,चैत्र १२ । घोराही–१५ न्यूरोडस्थित कोसेली बेकरीले स्थापना दिबसको अबसरमा बृद्धाश्रममा सहयोग गरेको छ । स्थापना भएको तीनवर्ष पुगि चारवर्ष प्रवेश गरेको अबसरमा कोसेलीले घोराही–१६ टेरौटेस्थित बृद्धाश्रममा झुल, फलफूल, बेकरी आइटमहरु सहयोग गरेको हो ।

Buddha International Hospital

Advertise with us

बृद्धाश्रममा १७ जना बृद्धबृद्धाहरु बस्दै आएका छन् । बेकरीका सञ्चालक नरेशकुमार श्रेष्ठ, विष्णु कुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनसहितको टोलीले बृद्धाश्रममा सहयोग गरेको हो ।

आउँदा दिनहरुमा पनि बृद्धाश्रममा आवश्यक कुराहरु सहयोग गर्ने कोसेली बेकरीका सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो । स्थापना दिवसको अबसरमा बेकरीले सबै बेकरी आइटममा २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

Advertise with us