आगोले खाएको बस्तीमा पानीको पर्खाइ

घोराही  ११ चैत्र । पाँच वर्षपहिले राजपुर गाउँपालिका ७ को वनकट्टी गाउँ पुरै आगोले खायो । जंगलको छेउमा रहेको गाउँका ६५ भन्दा बढि घरहरु खरानी भए । खरका छाना भएका ती घरहरु विद्युतको प्रमुख प्रसारण लाईन सर्ट भएर आगो लागेपछि गाउँ नै विस्थापित भयो ।

Buddha International Hospital

Advertise with us

अहिले वनकट्टी गाउँ पाँच सय मिटर उत्तरमा सरेको छ । उस्तै अभाव छ, उस्तै गरिवी छ । त्यो भन्दा बढि वनकट्टीबासीको समस्या खानेपानीको छ । ‘पुनारो बस्तीमा कुवाहरु थिए, पानी पनि राम्रो थियो ।’ आगोले खानु भन्दा पहिलेको बस्ती सम्झदै उर्मिला भण्डारीले भन्नुभयो, ‘नयाँ बस्ती बसेपछि खानेपानीको समस्या देखिदै आएको छ ।’

नयाँ बस्तीसँसँगै निर्माण भएका कुवाहरु छन्, हिउँद र खडेरीमा सुकेर जाने गरेको विजय केसीले बताउनुभयो । ‘गाउँमा पानीको निकै समस्या छ । कुवाहरु छन् तर पानी धमिलो हुन्छ, खान लायकसम्म हुदैन ।’ बिजय केसीले भन्नुभयो । नयाँ बस्तीको विचमा विभिन्न निकायहरुले निर्माण गरेका ४÷५ वटा कुवाहरु छन्, तर ति कुवाहरु वर्षाको समयमा बाढिले पुर्ने गरेको छ ।

‘वर्षाको बेला सोतामा आएको बाढीले कुवाहरु सबै पुर्छ, बाढि धामिएपछि फेरी कुवालाई सफा गरेर पानी खाने गछौँ’ स्थानीयबासी केसीले भन्नुभयो, ‘नदीको छेउमा बस्ती भएर पनि हामीलाई निक्कै समस्या भएको छ ।’ बस्तीको एकातिर राप्ती सुसाईरहन्छ भने अर्को तर्फ स्थानीय खोला छ, वर्षातको समयमा बाढि आउने र भएका कुवाहरु पुर्ने गरेका कारण वनक्टटीबासीहरुले शुद्ध पिउने पानीको प्रयोग गर्न पाएका छैनन् । चैत्रबैशाखको समयमा पानीको हाहाकार नै हुने उर्मिला भण्डारीले बताउनुभयो ।

‘पिउने पानीको समस्या भोग्दै आएका वनकट्टीका बासीन्दाहरुले सिंचाईको सुविधा समेत नपाउँदा उव्जनीमा समेत समस्या भोग्ने गरेको बताउछन् । ‘सिंगो राप्ती नदीको छेउमा गाउँ छ, तर खेलमा सिंचाई छैन, मकै, तोरी, तरकारीहरुको खेतिपाती ग¥यो सबै सुकेर जान्छ । जेठमा मकै छ¥यो, अलिकति अन्नबाली हुर्केयो, आकाशे पानी आएन, खेति गरेको ठाउँमा बाख्रा चराउन बाध्य भयौँ ।’ भण्डारीले भन्नुभयो, ‘सिंचाईका लागि कुलो छैन, पुर्वाधारहरु छैनन् ।’

२०७१ बैशाखमा आगोले खाएका वनक्टटी गाउँलाई स्थानान्तरण गरेपछि सरकारको सुविधाबाट बञ्चित भएका छन्, भने झन झन अभाव भोग्न बाध्य भएको बताउछन् । स्थानीय सरकारले वनकट्टी गाउँमा खानेपानी र सडकका लागि कार्यक्रम निर्माण गरेको बताउछ ।

‘नयाँ बस्ती भएका कारण सबै पुर्वाधारहरु पु¥याउन समय लागेको हो, यो भन्दा अगाडि पनि खानेपानीका लागि केहि कुवाहरु खन्ने काम भएको छ ।’ राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले भन्नुभयो, ‘तर वर्षातको समयमा कुवाहरु पुरिने गरेको कारण ट्यांकी निर्माण गरेर धारा पु¥याउने योजना बनेको छ ।’