मृतकका परिवारलाई नेपाली काँग्रेसद्वारा सहयोग

Advertise with us

तिर्थराज ज्ञवाली
११ चैत्र, मसुरीया | दक्ष फेसनलेवल डे«स डिजाईन गर्ने क्षमता रहेका युवा पीपरी निवासी ओम प्रकाश परियारको असामयीक निधन भए पश्चात सरयोग स्वरुप नेपाली काँग्रेस पार्टिमा आवद्ध नेता कार्यकर्ताहरुले मृतकका परिवारलाई सहयोग गरेका छन् ।

Buddha International Hospital
Advertise with us


ओम प्रकाश परियारको असामयीक निधन भएको तेरौ दिनको पुन्यतिथिको दिन पारेर पुर्व सांसद सुशिला चौधरी, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्षहरु तथा नेपाली काँग्रेस सिसहनिया लालमटियाका सभापतिहरु तथा तेरौ दिनको पुन्यतिथिमा सहभागीहरुको रोहवारमा मृतककी श्रीमति पुष्पा परियार लाई पार्टिको तर्फ बाट संकलित नगद ११ हजार ७ सय ६० रुपैया तथा युवा नेता गोविन्द रेग्मी, स्यामा रावतले एक जोर कपडा, बर्को प्रदान गर्नुभएको छ ।


नेपाली काँग्रेसले पुन्य तिथिको दिनमा मृतक ओम प्रकाश परियारको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार जन प्रति गहिरो समबेदना प्रकट गरिएको छ ।