बाख्रा पाउँदा किसानमा उत्साह


तुलसीपुर,चैत्र । व्यावसायिक ढँगले वाख्रापालन गरिरहेका किसानहरुलाई तुलसीपुर उपमहानगरपालिकाले वाख्रा वितरण गरेको छ । उपमहानगरपालिकाको वडा नम्वर १४ ले व्यावसायिक किसानहरुलाई वाख्रापालन गरेको हो ।


Advertise with us
किसानहरुलाई वाख्रा वितरण गर्दै नगरप्रमुख घनश्याम पाण्डेले कृषकहरुलाई सहयोग पुग्ने खालका कार्यक्रम सञ्चालनमा उपमहानगरपालिकाले ध्यान दिएको वताउनुभयो । उहाँले जीवन निर्वाहमुखी कृषि प्रणाली भन्दा माथि उठेर व्यावसायिक ढँगले कृषि उत्पादनमा ध्यान दिनुपर्ने वताउनुभयो । विकास भनेको पूर्वाधार निर्माण मात्रै नभएर मानिसको जीवनस्तर वदल्नु भएको उहाँको भनाई थियो ।

Buddha International Hospital


सो अवसरमा ३४ वटा किसानहरुलाई २ वटा र ११ किसानहरुलाई १, १ वटा वाख्रा का दरले ७९ वटा वाख्रा वितरण गरिएको थियो । ५ वटा माउ वाख्रा भएकालाई २ वटा र सो भन्दा कम भएकालाई एउटा वाख्राका दरले वितरण गरिएको थियो ।

कार्यक्रममा किसानहरुलाई पशुपालनका वारेमा जानकारी दिदै पशु शाखा प्रमुख सुदाम भट्टले हाडनाता प्रजनन गराउँदा वाख्राको उत्पादन घट्दै गएको वताउनु भएको थियो । उहाँले घाँसमा आधारित पशुपालनमा किसानले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

Advertise with us