न्यूनीकरण भएन क्षयरोग


दीपक जिएम
दाङ, चैत १० । दाङमा क्षयरोगका विरामीको संख्यामा कमी आउन सकेको छैन । विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय दाङले सार्वजनिक गरेको तथ्यांक अनुसार लामो समय देखि क्षयरोगका विरामीहरुको संख्या घट्न सकेको छैन ।

Advertise with us

Buddha International Hospital

यो वर्ष मात्रै एक हजार तीन सय ७९ जना क्षयरोगका नयाँ विरामीहरु पत्ता लागेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका क्षयरोग अधिकृत डम्बर कुँवरले बताउनुभयो । ‘यो यो कार्यालयमा बसेर क्षयरोगको क्षेत्रमा का मगर्न थालेको २५ वर्ष पुग्न थाल्यो, तर अहिलेसम्म क्षयरोगीहरुको संख्या ११ सयमा समेत झरेको छैन ।’ अधिकृत कुँवरले भन्नुभयो ।

पहिले बालबालिकाहरु र युवाहरु समेत क्षयरोगबाट धेरै पीडित रहेको बताउँदै उहाँले अहिले ६५ वर्ष उमेर कटेका ब्यक्तिहरुमा यो रोग धेरै देखिएको कार्यालयले बताएको छ । अधिकृत कुवरले यो अबस्था सुधारोन्मुख अबस्थामा रहेको बताउनुभयो । नेपालमा अहिले ६० प्रतिशत ब्यक्तिहरुमा क्षयरोगको संक्रमण रहेको अनुमान रहेको उहाँले बताउनुभयो ।

अहिले जिल्लाका २१ स्थानमा सामान्य क्षयरोगको परिक्षण हुने गरेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जीन एक्पोर्ट मेसिनबाट निशुल्क परिक्षण गर्ने व्यवस्था रहेको प्रतिष्ठानका मेडिकल ल्याव टेक्नीसियन प्रेमकुमार क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार दाङका १२ जना ब्यक्तिमा बहु औषधी प्रतिरोधी विरामी (एमडिआर)हरु रहेका छन ।

दिवसको अबसरमा आयोजना गरिएको कार्यक्रममा क्षयरोग निवारण सस्थाका अध्यक्ष खिमलाल डाँगीले एउटा विरामीले वर्षमा १० जना भन्दा बढि ब्यक्तिहरुलाई क्षयरोग सार्ने गरेको बताउनुभयो । क्षयरोगीहरु नै सचेत भएर औषधी सेवन गरे यो रोग निर्मूल हुने उहाँले बताउनुभयो । कार्यालयका निमित्त प्रमुख प्रकाश योगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अधिकृत डम्बर कुँवरले गर्नुभएको थियो ।