मुक्तिनाथ विकास बैकको शाखा घोराहीमा


दाङ, १० चैत । मुक्तिनाथ विकास बैक लि को शाखा दाङको घोराहीमा विस्तार गरीएको छ । शाखाको आइतवार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरीएको हो । घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बैकको उद्घाटन गरेका हुन ।

Buddha International Hospital
Advertise with us

बैकको उद्घाटन गदै नगरप्रमुख चौधरीले नगरमा आर्थिक विकासमा बैकले सहयोग पु¥याउने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले बैक स्थापना संगै नागरिकले गरेको आम्दानी वचत गर्न र ऋण लिनका लागि समेत सहज हुने बताए । बैकहरु शहर केन्द्रीत मात्र नभइ ग्रामिण स्थर सम्म पनि विस्तार हुनु पर्ने बताए ।

बैकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द्रवहादुर राउतले बैकको हाल सम्म १ सय २० वटा शाखा रहेको जानकारी दिए । बैकले विना धितो ५ लाख सम्म ऋण दिने समेत बताए । बैक स्याङजा वाट सुरु भएको र हाल देश भरी नै शाखा विस्तार गरेको उनको भनाइ रहेको छ । बैकले ग्राहकको माग अनुसार सेवा दिने बताए ।

कार्यक्रममा घोराही उप महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डे, नागरिक समाज दाङका संयोजक चन्दराज पन्त, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन लगाएतकाले भनाइ राखेका थिए । बैकका विकल घिमिरेको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण अनुगमन अधिकृत प्रमुख तेज गिरीले गरेका थिए ।

Advertise with us