रोकिएन उत्खनन , नदीजन्य पदार्थको उत्खनन्मा लचिलो

राजश्व नगुमोस, जथाभावी नहोस भन्नेमा सचेत

Advertise with us


दिवाकर पोख्रेल
देउखुरी, चैत ९ गते । नदीजन्य पदार्थको उत्खनन्मा कडाइ गरेसंगै स्थानीय विकासका योजना प्रभावित हुन थालेपछि उत्खनन्मा लचिलो बन्न थालिएको छ । दाङका नदीहरुमा अनाधिकृत रुपमा नदीजन्य पदार्थको उत्खनन् भएपछि जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन नदीमा ठूला मेसीनको प्रयोगमा रोक लगाएको थियो ।

Advertise with us


नदीमा ठूला मेसीनको प्रयोग विनै उत्खनन् गर्दा विकास निर्माणको काममा असर पर्ने र लागत बढी पर्ने भन्दै स्थानीय पालिकाको अनुरोधमा अनुगमन तथा समन्वय समितिको बैठकबाट आवश्यकता अनुसार नदीमा ठूला मेसीनको प्रयोग गर्ने निर्णय गरिएको दाङ जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले जानकारी दिनुभयो । विकास निर्माण काम नरोकिने गरी नदीजन्य पदार्थको उत्खनन्मा सरलीकृत गरेका छौ,नेपालीलले भन्नुभयो ।

Buddha International Hospital


बाताबरणीय प्रभाव मुल्याङकन भएको र टेक्का प्रकृयामा गएका स्थानबाट पालिका स्तरका अनुगमन समितिको निगरानी हुनेगरी उत्खनन्मा ठूला मेसीनको प्रयोगमा छुट दिइएको हो । राजश्व नगुम्ने र नदीजन्य पदार्थको उत्खनन्मा जथाभावी रोक्ने कार्यमा जिल्ला तथा पालिका स्तरको अनुगमन समिति सजक रहेको बतायएको छ । राजपुर गाउँपालिकाले आफ्नो क्षेत्रका तीनवटा घाटमा उत्खनन् गर्ने गरी प्रकृया अघि बढेको छ ।

अन्य स्थानमा बाताबरण प्रभाव मुल्याङकन गराएर ठेन्डर खोलिपनि आवेदन नपरेका कारण गाउँपालिकाले अमानतमा रसिद काटेर उत्खनन् गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिनुभयो । विकास निर्माणको काममा सहजता ल्याउनको लागि पहिलेको तुलनामा लचिलो बनेपनि जथाभावी हुन नदिन सजक रहेको उहाँले बताउनु्भयो ।

ठूला योजनामा मात्रै सहज
नदीजन्य पदार्थको नियन्त्रण तथा अनुगमन गर्ने निकाय जिल्ला अनुगमन तथा समन्वय समितिले नदीमा ठूला मेसीनको प्रयोग गर्न छुट दिएपनि ठूला योजनाको लागि मात्रै भएको पाइएको छ । लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले एक करोड भन्दा माथिका ठूला योजनाको लागि लक्षित गरेर नदीजन्य पदार्थको उत्खनन्मा ठूला मेसीनको प्रयोगमा रोक नलगाउने बताउनुभयो । यो एक करोड भन्दा माथिका योजनाको हकमा लागु हुन्छ,उहाँले भन्नुभयो ।
साना योजनाका लागि झनै समस्या हुन भयो भन्ने जिज्ञासामा नगरपालिका प्रमुख केसीले स्टेमेट पनि सोही अनुसारले गर्ने गरेकाले यसबाट समस्या नहुने बताउनुभयो ।

शनिबारै नदीमा मेसीन
नदीमा ठूला मेसीन लगाउन दिने गरी उत्खनन्को लागि लचिलो बनेपछि राजपुर गाउँपलिका स्थित राप्ती नदीमा स्काभेटर लगाएर उत्खनन् शुरु गरिएको छ । गाउँपालिकाले जिल्ला समन्ववय समितिको निर्णयलाई कोड गर्दे सोमाइथान एग्रिकेट एण्ड कन्टक्सन उद्योग लाई अनुमती दिएपछि उत्खनन् शुरु भएको हो ।

सोही उद्योगले मटेरीयाघाटमा ठेक्का पाएको र गाउँपालिका अन्त्रगर्तका स्विकृत भौतिक पूर्वाधार योजना सम्पन्न गर्नको लागि निवेदन माग भएकाले एक हजार घनमिटर नदीजन्य पदार्थ गिट्टी बालुवा उत्खनन् गर्न दिएको पत्रमा जनाइएको छ । पत्रमा सो कुरा उल्लेख भएपनि कति परीमाणमा नदीजन्य पदार्थ उत्खनन् भयो र उत्खनन् भएको नदीजन्य पदार्थ कहाँ जम्मा गरिएको छ भन्ने विषयमा अनुगमन प्रभावकारी अनुमगन भएको पाइदैन ।