उद्योग बाणिज्य संघको १४ औ साधारणसभा एवम ४९ स्थापना दिवस (फोटो फिचर)

लगानी बढाए मात्रै समृद्ध नेपालको नारा पुरा हुन्छ ः अध्यक्ष राणा

Advertise with us

लगानी बढाए मात्रै समृद्ध नेपालको नारा पुरा हुन्छ ः अध्यक्ष राणा

Buddha International Hospital

रीता लामा

Advertise with us
घोराही, ९ चैत । नेपाल उद्योग वाणिज्य संघकी केन्द्रिय अध्यक्ष भवानी राणाले सरकारले व्यावसायीहरुका लागि लगानी मैत्रि वातावरण एवम नीति बनाउनुपर्ने बताएकी छन । विशेष गरि उत्पादन मुलक उद्योग स्थापना गर्न ध्यान दिए समृद्ध नेपालका नारा पुरा हुन समय नलाग्ने दावि गरिन् ।

उद्योग बाणिज्य संघ दाङको १४ औ साधारणसभा एवम ४९ औँ स्थापना दिवसको अवसरमा घोराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी राणाले कृषि उत्पादन, पर्यटन विकासका क्षेत्रमा लगानी गर्न सके सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली नारा साकार हुने बताइन । उनलेले समृद्ध नेपाल सुखी नेपालीको नाराको आधार पर्यटन विकास र कृषिमा आधुनिकीकरण भएको जिकिर समेत गरिन ।

पहाडी क्षेत्रमा जडिबुटी, फलफूल र अल्लोको ठुलो मात्रामा प्रशोधन केन्द्र स्थापना गर्न सकिने राणाको भनाई थियो । कृषिलाई उद्योगको रुपमा विकास नगर्दासम्म समृद्धिको सपना पुरा हुन नसक्ने उनको धारणा छ । ‘सरकारले आर्थिक समृद्धिको नीति लिएको छ, अहिलेको लोकप्रिय नाराको रुपमा समृद्ध नेपाल सुखी नेपालीलाई सार्थक बनाउन पर्यटनको विकास कृषिलाई आधुनिक बनाउनु पर्छ ।’ अध्यक्ष राणाले भनिन ।


अहिले पनि ब्यापार घाटा बढ्दै गैरहेको बताउँदै राणाले यसको असर नेपालको आर्थिक विकासमा पर्ने बताइन । केही ऐनमा समस्या रहेको भन्दै अध्यक्ष राणाले ऐन संसोधनमा सरकारले ढिलाई गर्न नहुने धारणा राखिन । ‘नेपाल सरकारले लगानी वर्ष मनाउदै छ, अहिले पनि ४० देशले नेपालमा लगानी गर्न उत्सुकता देखाईरहेका छन् ।’ अध्यक्ष राणाले भनिन, ‘ऐन नियमको परिमार्जन विना लगानी वर्ष कार्यक्रमको कुनै औचित्य छैन ।’ राणाले लगानी वर्ष कार्यक्रमको सुरुवात गर्नु अगाडी ऐननियममा परिमार्जन गरेर लगानीको विस्तारका लागि सहजता प्रदान गर्न आग्रह गरिन ।

 

यस्तै कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले इतिहासकै सबै भन्दा बलियो सरकार भएर पनि लगानी विस्तारमा समस्या देखिएको बताए । उनले बैंकहरुले बढाएको करलाई एउटा अंकमा झार्नका लागि दवाव दिईरहेको जानकारी पनि गराए । न्यूनतम ब्याजमा बैंकहरुले ऋण दिने व्यवस्था नल्याउँदासम्म उद्योगहरुको फस्टाउन नसक्ने उनको भनाई थियो ।

 

कार्यक्रममा संघका अध्यक्ष नारायण भुषालले व्यावसायीक विकासका लागि बनेका अधिकांश नीति नियमको प्रयोग र व्यावहारिकता भन्दा प्रतिकुल अबस्थामा रहेकाले व्यावसायीक विकास हुन नसकेको बताए । अहिले पनि ढुक्कसँग लगानी गर्ने वातावरण नभएको उनको भनाई छ । बाँचुञ्जेल सरकारलाई राजश्व तिरेको व्यावसायीलाई घटना पश्चात नेपाल सरकारबाट उचित राहतको समेत व्यवस्था नभएको बताए ।
उद्योग वाणिज्य संघले पहल गरेर निर्माण थालिएको सभागृहको कार्य ६० प्रतिशत पुरा भएको जानकारी दिए । घोराही ३ को ५ सय ५० विगाह क्षेत्रफलको जग्गामा औद्योगिक क्षेत्रको डिपिआर निर्माण भैसकेको, साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको ६ वर्षे कार्ययोजना निरन्तर चलिरहेको, उत्पादनको बृद्धि, पर्यटनको विकास जस्ता विषयमा प्रगती भएको अध्यक्षले बताए । महासचिव नरेश कार्कीले संघले गरेका कार्यप्रगतीको बारेमा जानकारी दिदै आगामी कार्यहरुको बारेमा समेत बताए ।
उनले वर्षौ पुराना २ वटा एम्बुलेन्सलाई लिलाम विक्रि गरी नयाँ खरिद प्रक्रिया अगाडी बढाउने, विधान संशोधन गर्ने, संघको अतिथि आवास गृह सञ्चालन गर्ने, व्यावसायीक सचेतनाका लागि तालिमहरु गर्ने योजना रहेको बताए ।

 

 

२०२७ सालमा स्थापना भएको दाङ जिल्ला उद्योग बाणिज्य संघ साविक राप्तीको पुरानो नीजि क्षेत्रको सबै भन्दा ठुलो निकाय पनि हो ।
उद्योग बाणिज्य संघमा अन्र्तगत हाल जिल्लामा ८ वटा शाखा सदस्यहरु क्रियाशिल छन् भने सस्थागत सदस्य १८, एशोसियट सदस्य १८, बस्तुगत सदस्य १७ र साधारण सदस्य ४ हजार ९ सय ४२ सदस्य रहेका छन् । संघका अध्यक्ष नारायण भुषालको अध्यक्षता तथा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवारी राणाको प्रमुख आतिथ्यता र प्रदेश सदस्य अमरबहादुर डाँगीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

 

कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला निकायहरुले शुभकामना दिदै सरकारले विकासका लागि नीजि क्षेत्रलाई उत्पे्ररित गर्न सुझाव दिएका छन । प्रदेश सभा सदस्य अमर डाँगी, घोराही ५ का वडा अध्यक्ष विष्णुमणि दाहाल, १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेश पाण्डेयले उद्योगी उद्योग बाणिज्य संघले बनाएका योजनाहरुमा आफुहरुले सहयोग गर्ने बताए । नीजि क्षेत्रको सक्रियता विना स्थानीय सरकारले कुनै काम गर्न नसक्ने भएकाले सरकारको कार्यलाई समेत सघाउन उनीहरुले आग्रह गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुले राज्यले व्यावसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न नसकेको बताएका थिए । राजनीतिक परिवर्तन तथा नयाँ व्यवस्थाका लागि व्यावसायीहरुले गरेको योगदान सरकारले पटक पटक विर्सेको भन्दै नीजि क्षेत्रले काम नगरेर देश नै ठप्प हुने बताए । व्यावसायीहरुलाई मारमा पार्ने गरी बैंकले ब्याज बढाउँदा पनि बोलिदिने कोही नभएको गुनासो व्यवसायीहरुले गरे । सिमापारी व्यवसाय राम्रो हुँदा सिमा वारी ब्यापार सुक्ने अवस्था रहेकाले देशको भन्सार नीति के हो ? भनेर प्रश्न समेत गरे । व्यावसायीहरुले करको दर हैन दायरा बढाउन आग्रह गरे ।
यस्तै नेपाली काँग्रेसका कमानसिंह डाँगी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, नागरिक समाजका सदस्य सुशिल गौतम सहित विभिन्न क्षेत्रका व्यक्तिहरुले राष्ट्र निर्माणका लागि नीजि क्षेत्रको भुमिका महत्वपुर्ण रहेको बताएका थिए । अहिले प्रदेश राजधानी गुम्ने खतरा रहेको भन्दै विभिन्न जिल्लाको पुर्वाधार निर्माणमा सबैको हातेमालो आवस्यक रहेको बताएका छन् ।
उद्योग बाणिज्य संघले दिवसको अबसरमा विभिन्न रचनात्मक क्रियाकलाप समेत सञ्चालन गरेको थियो । क्रियाकलापमा उत्कृष्ट हुने, उत्कृष्ठ व्यवसायी, उद्योगी, कर्मचारी, पत्रकारहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो ।
  

 

फोटोः रीता लामा र कुलदीप न्यौपाने