आजदेखी एसइइ परिक्षा शुरु , दाङमा ४४ केन्द्र तोकियो

रीता लामा

Buddha International Hospital

घोराही,  फागुन ।  आजदेखी देश भर एसइइ परिक्षाको समय तालिका सार्वजनिक भैसकेको छ । विद्यार्थीको फलामे ढोका मानिएको एसइइ परिक्षा दाङमा भने ४४ वटा केन्द्रबाट संचालन हुन लागको छ ।

Advertise with us

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका अनुसार विगतका बर्षहरुमा ४३ वटा केन्द्रबाट परिक्षा दिदै आए पनि यस बर्ष एसइइ पास गर्न नसकेका पुराना परिक्षार्थीहरुको लागि छुट्टै परिक्षा केन्द्र संचालनमा ल्याइएको छ । पाँच÷छ बर्ष देखि परिक्षामा उतिर्ण हुन नसकेका, पुरानो पाठ्यक्रम पढ्दै आएका विद्यार्थीहरुको लागि घोराहीमा रहेको शुभप्रभात माध्यामिक विद्यालयमा परिक्षा संचालनको व्यवस्था गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका सुचना अधिकृत देवमणी चौधरीले जानकारी दिए ।

जिल्ला भरका ९१ सामुदायिक र ९२ संस्थागत विद्यालयहरु एसइइ परिक्षामा सहभागि हुनेछन । परिक्षाको लागि सामुदायिक र संस्थागत विद्यालयलाई मिसाएर परिक्षा संचालन गरिन लागेको समन्वय एकाइले जानकारी दिएको छ । यस बर्ष नियमित तर्फ ११ हजार ९५ जना, तह बृद्धिको लागि ३ सय ६९ जना र खुलाबाट २०८ जनाले परिक्षा दिदै छन । यस बर्ष दाङमा एक जना मात्र दृष्टिविहिन विद्यार्थीले परिक्षामा सहमागिता जनाउनको लागि लेखन सहयोगीको निवेदन समन्यय इकाइमा बुझाएका छन ।

समन्वय एकाइका अनुसार दाङमा आर्दश मावि लालमटिया, मावि मौरीघाट, सर्वोदय मावि सिसनिया, मावि फल्कापुर, बालजनता मावि बनगाउँमामा परिक्षा केन्द्र तोकिएको छ । यसैगरि जनता मावि गढवा, सरस्वती मावि विद्यानगर, सनलाइट मावि स्कुल लमही, मावि चैनपुर, आर्दश मावि देउपुर, राप्ती मावि उचानिम्वु, पद्मोदय मावि भरतपुर, मावि रझेना, गोर्खा इन्टर नेश्नल मावि घोराही, सरस्वती मावि भरतपुर, बालविकास मावि घोराही, मावि डाडागाउँ गोग्ली, महेन्द्र मावि, सिद्धरत्न मावि नारायणपुर, पशुपति विद्याश्रम, जयशेर मावि रावतगाउँ, हापुर मावि निघुवार, जनकल्याण मावि, जनता मावि विजौरी, मावि कालाखोलामा पनि परिक्षा केन्द्र तोकिएको छ ।

यस्तै गुरुजजुर मावि रक्षाचौर, तुलसी आवासिय विद्यालय तुलसीपुर, महेन्द्र मावि तुलसीपुर, मावि तुलसीपुर सेन्टर, पब्लिक ज्ञान ज्योति मावि, मावि अश्वारा, पशुपति मावि हरिपौरी, विरेन्द्र मावि हेकुली, सिद्ध पृथ्वी जनता मावि श्रीगाउँ, विरेन्द्र मावि भ्युडहर सुनपुर, विपी कोइराला मावि बयालेसिमलतारा, भानुभक्त मावि कौशिलापुर, बीरेन्द्र मावि खिल्लतपुर, जनकल्याण मावि पदमपुर, दिपशिखा आवासिय माध्यामिक विद्यालय र शुभप्रभात माध्यामिक विद्यालयहरुमा परिक्षाको केन्द्र्र तोकिएको छ ।

विद्यार्थीलाई सहज होस भनेर संचालन गरिने होम सेन्टरको अवधारणा यस बर्ष देखि हटाइएको छ । दाङको विकट क्षेत्र बंगलाचुलिमा एउटा मात्रै परिक्षा केन्द्र तोकिएको छ । त्यस क्षेत्रमा संचालित तीन वटा विद्यालयहरुले महेन्द्र मावि श्रीबारीबाट परिक्षा दिनेछन ।

Advertise with us