पिकअप भ्यानको ठक्करबाट दाङमा एक जनाको मृत्यु

Advertise with us

दाङ चैत ९ । पिकअप भ्यानको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको दङ्गीशरणमा पिकअप भ्यानले मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Buddha International Hospital

Advertise with us

कार्यालयका अनुसार तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ च ३४६ नम्वरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको बा ९७ प ८५६२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दंगिशरण गाउँपालिका वडानम्वर ६ थापगाउँका १८ वर्षिय गोरख चौधरीको मृत्यु भएको हो ।

चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअपका चालक फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।