थारु कल्याणकारीणीको वडा कमिटी गठन

Advertise with us

घोराही, ८ चैत । थारू कल्याणकारीणी सभा जिल्ला कार्यसमिती दाङको आयोजनामा घोराही ७ मा वडा समिति गठन गरिएको छ । कल्याण कारिणी सभाको सगठन बिस्तार तथा जागरण अभियानको क्रममा उक्त वडामा वडा कार्यसमिती गठन गरिएको थियो ।
जेष्ठ नागरिक बेसलाल चौधरीको अध्यक्षता एवम घोराही उपमहानगरपालीका नगर प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उत्घाटन गरिएको थियो ।

Buddha International Hospital
Advertise with us


कार्यक्रममा बोल्दै उपमहानगरका प्रमुख नरूलाल चौधरीले संविधान बन्यो, चुनाव भयो, बाटो बन्यो कुवा बन्यो धारा बन्यो अधिकार स्थापित भयो तर थारूको जीवनमा परिवर्तन भएन भन्दै चिन्ता व्यक्त गरे । उनले थारुहरूले आफुमात्रै परिवर्तन भएको तर समाज परिवर्तनमा नलागेको आरोप समेत लगाउनुभयो ।

उनले अव थारुहरुले आफुहरु पनि परिवर्तन हुन तिर लाग्नु पर्ने धारणा राखे कार्यक्रममा थारु कल्याणकारीणी सभा दाङका अध्यक्ष भुवन चौधरी, सभाका पुर्व अध्यक्ष केवि चोैधरी, घोराही ७का वडा अध्यक्ष खोपीराम चौधरी, थारू बुद्दीजीवि विकास चौधरी, केन्द्रय पार्षद सन्तोष चोैधरी, थारु मतहवा लक्ष्मि चोैधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


उनीहरुले थारूहरूको समस्यालाई सस्थागत रूपमा उठाउनको लागि, गाउँगाउँमा थारुको शिक्षा, स्वास्थ, संचार, राजनीतिमा पहँुच विस्तारको लागि पनि सभाले सामुहिक रूमामा भुमिका खेल्नु पर्ने बताएका थिए । यस्तै अव थारूहरूले समाज परिवर्तनमा लाग्नु पर्ने उनीहरुको धारणा थियो । थारुहरू काममा मात्रै जोतिने तर शिक्षा, स्वास्थ्य र राजनीतिमा ध्यान दिनु पर्ने बताए । सम्पत्ती भए पनि परिचालन गर्न नसकेको, शिक्षा र चेतनाको अभाव रहेको वताएका थिए ।

जिल्ला सदस्य अशोक चौधरीको स्वागत मन्यव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण स्थानिय अनिल चौधरीले गरेका थिए भने सभाका जिल्ला सचिव प्रकाश चौधरीले कार्यक्रमवारे प्रकाश पारेका थिए । थारु कल्याणकारीणी सभाले यस अघि वडा नम्वर १६मा वडा स्तरको समिती गठन गरिसकेको छ ।

यसैगरि संगठन विस्तार कार्यक्रमबाट चीजमान चौधरीको अध्यक्षतामा २१ सदस्यीय घोराही ७ वडा स्तरीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवा चौधरी, सचिवमा शंकर चौधरी, सहसचिवमा कल्बिर चौधरी, कोषाध्यक्षमा शान्ता चौधरी रहनुभएको छ । त्यसैगरी सदस्यमा विकास चौधरी, जम्भु चौधरी, दीपक चौधरी, पदम चौधरी लगायत रहनुभएको छ ।