दाङ उवासंघको साधारणसभाको तयारी पुरा

घोराही, ८ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको १४ औ साधारणसभा सबै तयारी पुरा भएको उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
संघको १४ औ साधारण सभा तथा ४९ औ स्थापना दिवस यही चैत ९ गते शनिवार घोराही स्र्थिीत निर्माणधिन वहुउदेश्य सभा गृहमा हुदै छ । संघको साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गर्ने दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीले जानकारी दिए ।
साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका अन्य पदाधिकारीहरु तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको समेत सहभागिता रहने भएको छ । साधारण सभामा विभिन्न क्षेत्रमा योग्दान पु¥याउने व्यक्तिहरु लाई सम्मान गरीने संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । त्यसैगरेर साधारण सभा तथा स्थापना दिवसको अवसरमा आयोजना गरीएका विभिन्न प्रतियोगीताका विजेताहरु लाई पुरस्कृत समेत गरीने भएको छ ।

Advertise with us
संघले साधारण सभाको अवसरमा वस्तुगत समितीहरु बीच स्लो वाइक प्रतियोगीता, हाजिरी जवाफ प्रतियोगीता, कुर्सी दौड, तथा मैत्रिपुर्ण फुटवल प्रतियोगीता आयोजना गरेको थियो । साधारण सभा तथा स्थापना दिवसमाको अवसरमा आयोजना गरीएको कार्यक्रममा सहभागिताका लागि संघले सवैमा आग्रह गरेको छ ।

मैत्रिपुर्ण खेलमा बैकर विजयी
दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीहरु, कर्मचारी तथा घोराही क्षेत्रमा रहेका बैकका शाखा प्रमुखहरु विच भएको मैत्रिपुर्ण फुटवल प्रतियोगीतामा बैकर समुह विजयी भएको छ । बैकर टिम टाइवेकर मा विजयी भएको हो । निधारीत समयमा वरावर गोल भए पछि टाइवेकर गराइएको थियो । विहिवार संघका पदाधिकारीहरु र बैकका शाखा प्रमुखहरु बीच प्रतियोगीता आयोजना गरीएको फुटवल प्रतियोगीताका संयोजक मिनराज भाटले जानकारी दिए ।

Buddha International Hospital