खाद्य स्वच्छता सम्वन्धी अन्तृरक्रिया

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले तुलसीपुरले खाद्य स्वच्छता सम्वन्धी अन्तृरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमम खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख विवेक वञ्जाराको अध्यक्षता एवम घोराही उप महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा भएको थियो ।

Buddha International Hospital


Advertise with us
कार्यक्रममा वोल्ने बक्ताहरुले माप दण्ड वारे उपभोक्ता भन्दा उत्पादन गर्ने हरु सचेत हुन पर्ने बताएका थिए । उनीहरुले सरकारले तोकेको माप दण्ड अनुसार सञ्चालन हुनु पर्ने बताएका थिए । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्की, चाउमिन तथा सस व्यावसायि समितीका सल्लाहाकार लालवहादुर केसी लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रमको सहजिकरण केशवराज पोख्रेलले गरेका थिए । कार्यक्रममा चाउमिन तथा सस व्यवसायि, डेसी व्यवसायि, एवम होटेल व्यवसायिहरुको समेत सहभागिता रहेको थियो ।

Advertise with us