ग्रामीण महिला उत्थान केन्द्रको बनभोज तथा अन्तर्कृया कार्यक्रम

ग्रामीण महिला उत्थान केन्द्र दाङले शुक्र्बार बनभोज तथा अन्तर्कृया कार्यक्रम कैलाली टिकापुरमा सम्पन्न गरेको छ | ग्रामीण महिला उत्थान केन्द्र दाङका निर्देशक सोगतबिर चौधरीको सभाअध्य्क्षयमा सम्पन्न कार्यक्रममा आत्मनिर्भर लघुबित्त बित्तिय सस्थामा हस्तान्तरण बिश्यक अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरिएको हो |

Buddha International Hospital

Advertise with us

सस्थाका अध्यक्ष आसमानी चौधरीले बिषय प्रवेश गराउनुभएको कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले आत्मनिर्भर लघुबित्त बित्तीय सस्था लिमिटेडले 2076साल बैशाख देखि घ बर्गको बैकको रुपमा छुट्टै कारोबार गर्ने बताउनुभयो | १७सय रुपैया बाट बित्तिय कारोबार शुरु गरेको उत्थानले अहिले ५अरब ४८करोडको बित्तिय कारोबार गर्दै आइरहेको छ |

 

आमाको रुपमा ग्रामीण महिला उत्थान केन्द्र दाङ रहने बताउनुभएकी अध्यक्ष चौधरीले भर्खरै मात्र सन्तानका रुपमा आत्मनिर्भर लघुबित्त बित्तीय सस्था लिमिटेड जन्माउन सफल रहेको बताउनुभयो | दाङ,बाके र सल्यान जिल्लामा १६वटा शाखा बिस्तार गरेर आफ्नो लघुबित्त कार्यक्रम गर्दै आइरहेको ग्रामीण महिला उत्थान केन्द्र दाङले २०७३को बाफिया ऐन अन्तर्गत ५ नम्बर प्रदेश भित्र आफ्नो कार्यक्षेत्र बिस्तार गर्न पाउने अध्यक्ष चौधरीले बताउनुभयो |

उक्त अन्तर्कृया कार्यक्रमको सहजीकरण बरिस्ठ अधिकृत कालिदास चौधरीले गर्नुभएको थियोे | बनभोज तथा अन्तर्कृया कार्यक्रममा दाङ,सल्यान र बाके का कर्मचारी,संचालक समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियोे |