राप्तीको विकट बस्तीमा नागरिकता शिवीर, १ सय बढिलाई नागरिकता प्रदान


तिर्थराज ज्ञवाली
८ चैत्र, दाङ० | राप्ती गाउँपालिकाको विकट बस्ती मानिने पहाडी क्षेत्रमा संञ्चालन गरिएको नागरिकता शिवीर देविकोटमा नागरिकता शिवीर १ सय बढि लाई नागरिकता प्रदान गरिएको छ ।

Advertise with us


राप्ती गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय दाङ, ईलाका प्रशासन कार्यालय लमहिको आयोजनामा देविकोटमा शुक्रवार नागरिकता शिविरको आयोजना गरिएको हो । नागरिकता शिवीरको उद्घाटन गदै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले नागरिकको सेवा सुविधाका लागि राप्ती गाउँपालिका लागिरहेको र पहाडी क्षेत्रका नागरिकको समेत उच्च मुल्याङकन गर्दै सरल र सहज सेवा प्रबाहका लागि सरोकार वालाहरु संग सहकार्य गर्दै कार्य गरिदै आईएको बताउनु भएको छ ।

Buddha International Hospital


राप्ती गाउँपालिकाले वडा न ५ र ९ को पहाडी क्षेत्रका नागरिकको सहजताको लागि एक दिन जिल्ला प्रशासन कार्यालय दाङ तथा ईलाका प्रशासन कार्यालय लमहिको सहकार्यमा नागरिकता टोली वडा नं ९ को देविकोटमा आयोजना गरिएको र हरेक पालिकाका विकट बस्तीहरुमा नागरिकता शिवीरको आयोजना गरिदै आईएको ईलाका प्रशासन कार्यालय लमहिका प्रमुख प्रेम बहादुर खवासले जानकारी दिनुभएको छ ।

कार्यक्रम राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, ईलाका प्रशासन कार्यालयका प्रमुख प्रेम बहादुर खवास, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माको विशिष्ट आथित्यतामा नागरिकता शिविरको उद्घाटन गरिएको हो ।


राप्तीको वडा नं ९ सम्पुर्ण तवरले पहाडी क्षेत्र र वडा नं ५ का धेरै क्षेत्र पहाडी रहेकोमा दुबै वडा बासीलाई पाएक पर्ने गरि देविकोटमा नागरिकता शिविर आयोजना गरिएको वडा नं ९ का वडा अध्यक्ष रिम बहादुर सुनारिले जानकारी दिनुभएको छ ।

नागरिकता टोलीबाट नागरिकता सरल र सहज तवरले निर्माणका लागि नागरिकहरुलाई शिवीरमा जन्म दर्ता, बिवाह दर्ता, बसाई सराई सर्जिमिन मुचुल्का लगाएतका सिफरिस समेत गरिएको वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतले जानकारी दिनुभएको छ ।

राप्ती गाउँपालिकाका नागरिकता बनाउन चाहने उमेर पुगेका नेपाली नागरिकले नियमानुसार कागजपत्र उपलब्ध गराएको र टोलीले एकै दिन र एकै छिनमा नेपाली लाई नागरिकता उपलब्ध गराईएको वडा नं ५ र ९ का वडा सचिव द्धय शेरबहादुर हमाल र दयाराम चौधरीले जानकारी दिनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय, वडा नं ५ र ९ वडा कार्यालयको संयुक्त टोली रहेको नागरिकता शिविर देविकोटमा विबाह दर्ता, जन्म दर्ता, बसाईसराई, सर्जिमीन मुचुल्का, नागरिकता प्रदान संगै मतदाता नावावलीको लागि फोटो खिच्ने र फारम भर्ने समेत गरिएको छ ।