रिपोर्टस क्लबको बृहत् होलि मिलन

दाङ जिल्लामै ठुलो रासिको पुरुस्कार स्थापना


शरद रेग्मी
दाङ चैत, ७ | रिपोर्टिस क्लब दाङको बृहत् होलि मिलन बिहिवार दाङको तुलसिपुरमा सम्पन्न भएको छ ।आपसि सदभाब र एकताको पर्वका अबसरमा रिपोर्टस क्लबले जिल्लाका सबै क्षेत्रका ब्यक्तिहरुको सहभागी बनाएर होलि मिलन गरेको थियोे । सो अबसरमा तुलसिपुरका समाजसेवी प्रमोद लामिछाने र उहाकि धर्मपत्नी रमा लामिछानेले रिपोर्टस क्लबमा जिल्लामै सबैभन्दा ठुलो रासिको अक्षयकोष स्थापना गर्नुभएको छ ।

Advertise with us


स्वर्गीय बुवा दुर्गा लामिछाने र आमा मोता देबि लामिछानेको स्मृतिमा होलि पर्वको अबसरपारि लामिछाने दम्पतीले एक लाख १५ हजार ५५५ रुपैयाँको दुर्गा मोतादेबि पत्रकारिता पुरुस्कार स्थापना गर्नुभएको थियोे । रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको होलि मिलन समारोहमा दाङ क्षेत्रनम्बर ३ का निर्वा्चित प्रतिनिधि सभाका सासद हिराचन्द्र केसिले दाङको पत्रकारिताले देशमै नमुना र केन्द्रीय स्तरमा आफ्नो महत्त्वपूर्ण उपस्थित जनाउन सफल भएको भन्दै आफु जहिल ेपनि यश क्षेत्रको बिकासमा लागिपरेको बताउनुभयो । उहाले होलि पर्वले सबैलाई एकताबद्ध गर्न र आपसि सद्भाव कायम गर्न भुमिका खेल्ने समेत बताउनुभयो ।

Buddha International Hospital


सासद केसिले जिल्लाको बिकास र आपसि सद्भाव कायम गर्न रिपोर्टस क्लबले महत्त्वपूर्ण भुमिका खेलेको भन्दै प्रशसा समेत गर्नुभयो ।
कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जिल्लामा आपसि सद्भावलाई कायम गर्दै सबैले शान्ति पुर्ण तरिकाबाट चाडपर्वलाई मनाउनुपर्ने बाताबरणको श्रृजना भएको बताउनुभयो ।उहाले चाडपर्वमा सबै जना खुसि र सभ्य भएर खुसि साटासाट गर्न समेत आब्हान गर्नुभयो ।

 

सो अबसरमा प्रदेश प्रहरी प्रमुख डिआईजि पिताम्वर अधिकारीले भयरहित बाताबरणमा सबैले आफ्नै तरिकाबाट होलि मनाउनुपर्ने बताउनुभयो ।उहाले शान्ति सुरक्षालाई मध्यनजर गर्दै चाडपर्वमा विशेष सुरक्षा रणनितिको प्रयोग हुदै आएको जानकारि दिनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस दाङका युवा नेता सुरेन्द्र खडका,तुलसिपुर उधोग बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावत,निबर्तमान अध्यक्ष बिमल रिजाल ,वरिष्ठ पत्रकार टिकाराम रेग्मी ,महिला अधिकारकर्मी सुष्मा गिरि,अक्षयकोष स्थापना गर्ने दाता प्रमोद लामिछाने लगायतकाले शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

कार्यक्रमको सहजिकरण रिपोर्टस क्लबमा महासचिव बिमल गौतमले गर्नुभएको थियो । यश अघि रिपोर्टस क्लब दाङमा ५१ हजार देखि माथिका ७ वटा पत्रकारिता पुरुस्कार स्थापना भैसकेका छन ।