द्धन्द्ध प्रभावित क्षेत्रमा शान्ति केन्द्र

 


दाङ, चैत ७ । दशवर्षे युद्धको क्रममा दाङ पनि विक्षिप्त भयो । तर दाङका तीन स्थान युद्धले बढि प्रताडित बनाएको थियो । दाङको घोराही उपमहानगरपालिका वडा नं. ३, ४ र वडा नं. १७, तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ र दंगीशरण गाउँपालिकाको वडा नं. १ र २ युद्धका क्रममा अनाहकमा सर्वसाधारण मारिए ।

Blog Post Ad

Blog Post Ad

अहिले यी तीन स्थानमा शान्ती केन्द्रहरु स्थापना भएका छन् । सरकारी निकायहरुबाट यी स्थानमा रहेका द्धन्द्ध प्रभावितहरुको लागि विभिन्न कार्यक्रमहरु गरेको छ भने गैरसरकारी संस्थाको तर्फबाट समेत द्धन्द्ध प्रभावितहरुको अबस्था सुधारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छन् । नेपाल महिला सामुदायीक सेवा केन्द्र दाङले यी तीन स्थानमा शान्ती केन्द्रहरु स्थापना गरेर द्धन्द्ध प्रभावितहरुको जीवन परिवर्तनका लागि काम गरेको बताउछ ।

सुमित चौधरीले युद्धकै क्रममा काका गुमाए । हाल घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवामा भएको घटनाका क्रममा राज्यपक्षबाट काका गुमाए पछि बालमस्तिष्कमा पारेको प्रभाव अहिले पनि छ । तर अहिले सुमित चौधरी त्यहाँ रहेको शान्ति केन्द्रमा स्वयम सेवक भएर काम गर्दै आउनु भएको छ । सुमित जस्ता १५ जना युद्ध प्रभावित र अन्य युवाहरु सहभागी भएर काम गर्छन् ।

नेपाल महिला सामुदायीक सेवा केन्द्रको परिवर्तनका सम्वाहक शान्ति र पुर्नमिलाप कार्यक्रम अन्र्तगत गठन निर्माण भएको शान्ति केन्द्रमा त्यस वरपर रहेको भानपुर, गोग्ली, बेलुवा, झिङ्नी लगाएत युवाहरु मिलेर शान्तिका लागि कार्य गर्छन् । ‘पहिले बोल्न पनि सक्ने थिएनौँ, अहिले बोल्न सकिन्छ, शान्ति केन्द्रमा आवद्ध भएपछि धेरै कुराहरु सिक्न पाईएको छ ।’ चौधरीले भन्नुभयो ।

घोराहीमा जस्तै तुलसीपुर र दंगीशरणमा पनि शान्ति केन्द्र निर्माण गरिएको छ । १५ ÷१५ जना युवाहरुलाई स्वयम् सेवक बनाएर उनीहरुलाई स्थानीय स्तरमा शान्ति र द्धन्द्ध रुपान्तरणको साथै स्थानीय विकासमा चासोका विषयमा छलफल गर्ने, कार्यक्रम गर्ने व्यवस्था मिलाईएको परिवर्तनका सम्वाहक शान्ति र पुर्नमिलाप कार्यक्रमका बसन्त पोख्रेलले बताउनुभयो । स्वयम सेवकहरुले स्थानीय आमा समूह, बाल समूह, युवा समूहको साथै विद्यालयमा पुगेर बालबालिका, महिला, युवाहरुको विषयमा छलफल गर्छन् ।

कार्यक्रम सञ्चालन पछि द्धन्द्ध प्रभावित ब्यक्तिहरु बसेर आफ्नो योजनाहरु बनाउने, कार्यान्वयन गर्ने र एक भएर आफ्ना अधिकारको बारेमा कुरा गर्ने अबस्था आएको घोराही उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष भिमबहादुर सार्कीले बताउनुभयो । ‘विगतमा भएका कुराहरुलाई शान्तिमा कसरी बदल्ने, युद्ध हुन नदिने र कसरी न्याय पाउने भन्ने बारेमा छलफल हुन्छ’ वडा अध्यक्ष सार्कीले भन्नुभयो, ‘द्धन्द्ध प्रभावितहरुको क्षमता विकासका लागि वडा कार्यालयले समेत काम गर्छ ।’

सन् २०१९ का लागि समेत विभिन्न कार्यक्रमहरु रहेको नेपाल महिला सामुदायीक सेवा केन्द्रले बताएको छ । परिवर्तनका सम्वाहक शान्ति र पुर्नमिलाप कार्यक्रम अन्र्तगत शान्ति केन्द्र व्यवस्थापन समिति गठन गर्ने कार्य तीन वटै स्थानमा सकिएको केन्द्रले बताएको छ । यस्तै सामुदायीक मनोसामाजिक सहयोग तालिम, जनप्रतिनिधिहरुलाई मध्यस्थता तालिम, विद्यालयमा मनोविमर्श कक्षा स्थापना गर्ने, सामाजिक मुद्धा सम्बन्धी अभिमुखीकरण, विद्यालयमा शान्ति शिक्षा कार्यक्रम, समुदाय र विद्यालयमा शान्ति अभियान सञ्चालन हुने केन्द्रका लक्ष्मी ढकालले बताउनुभयो ।

यस्तै शान्ति स्वयम् सेवकलाई अभिमुखीकरण, समुदायमा मनोसामाजिक सचेतना तालिम, वडा तहका सरोकारवालाहरु संगको सहकार्य र समन्वय बैठक लगाएतका कार्यक्रम रहेका छन् ।

यसैविच घोराही उपमहानगरपालिका वडा नं. ३, ४ र १७ का वडा अध्यक्ष सहित सरोकारवालाहरुको बसेको बैठकले शान्ति केन्द्र व्यवस्थापन समिति गठन गरेको छ । वडा नं. ४ का अध्यक्ष भिमबहादुर सार्किको संयोजकत्वमा सदस्य सचिवमा वडा नं. १७ का अध्यक्ष खुशीराम चौधरी र कोषाध्यक्षमा वडा नं. ३ का अध्यक्ष माधव चौधरी रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *