रियलमी मोबाइलको घोराही ‘लन्च’

घोराही, चैत्र ६ । दाङको घोराहीमा रियलमी मोबाइल भित्रिएको छ । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर रियलमी मोबाइल लन्च गरिएको हो ।

Buddha International Hospital

Advertise with us

चाइनामा बनेको सस्तो तथा सुलभ मूल्यमा उपलब्ध रहेको रियलमी मोबाइलमा विभिन्न किसिमका सुविधाहरु रहेका छन् भने अन्य कम्पनीका मोबाइलको तुलनामा रियलमी मोबाइल आफैमा एउटा नमुना रहेको दाङ्गका रियलमी मोबाइलका आधिकारिक बिक्रेता सभियोग मोबाइल सपका सञ्चालक भिमसेन डांगीले बताउनुभयो ।

साथै विभिन्न कलरहरुमा रहेको रियलमी मोबाइलले बजारमा खुल्ला प्रतिष्पर्धा गर्ने बिस्वस्त रहेको बताउनुभयो । औपचारिक कार्यक्रममा व्यवसायी शालिकराम खनाल, पत्रकार नवीन अभिलाषी, राप्ती पोष्टका शरद अधिकारी लगायतले बोल्नु भएको थियो भने रियलमी मोबाइलको बारेमा लुम्बिनी तथा राप्तीका सेल्स म्यान विकास न्यौपानेले जानकारी दिनुभएको थियो ।

दाङ्गका आधिकारीक बिक्रेता सबीयोग मोबाइल पसलका सञ्चालक भिमसेन डांगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासँघ दाङ्गका अध्यक्ष सबिन प्रियासनको प्रमुख आतिथ्यता रहेको थियो ।

Advertise with us