साधारण सभाका लागि उप समिती गठन

दाङ, ६ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको १४ औ साधारण सभाका लागि विभिन्न उप समिती गठन गरीएको छ । अध्यक्ष नारायणप्रसाद भुसालको संयोकत्वमा हेमराज वन्जाडे र वसन्त जोसी सदस्य रहेको अतिथी सत्कार समिती गठन गरीएको छ ।

Buddha International Hospital

Advertise with us

टंकसिंह वुढाथोकीको संयोजत्वमा विन्दु दाहाल, महेन्द्र वुढाथोकी, रामप्रसाद पोख्रेल, धनपति शर्मा सदस्य रहेको मञ्च व्यवस्थापन उप समिती गठन गरीएको छ । त्यसैगरेर महासचिव नरेश कार्कीको संयोजकत्वमा सचिव माया पोख्रेल र कोषाध्यक्ष शुसिल पोख्रेल सदस्य रहेको प्रतिवेदन तयारी समिती गठन गरीएको छ ।

कोषाध्यक्ष शुसिल पोख्रेलको संयोजत्वमा पिताम्वर शर्मा, मिनराज भाट, छविनारायण गिरी टंक प्रसाद पोख्रेल सदस्य रहेको जलपान व्यवस्थापन उप समिती गठन गरीएको छ । अध्यक्ष नारायणप्रसाद भुसालको संयोजकत्वमा वसन्त जोसी, टंकसिंह वुढाथोकी, शुसिल पोख्रेल, विन्दु दाहाल सदस्य रहेको सम्मान तथा पुरस्कार छनोट समिती गठन गरीएको छ ।

वैठक संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो संघका महासचिव नरेश कार्कीले जानकारी दिएका छन् । संघको साधारण सभा यही चैत ९ गते हुदैछ । साधारण सभाको अवसरमा व्यवसायिहरु विच मैत्रिपुर्ण विभिन्न प्रतियोगीता समेत आयोजना गरीएको छ ।

Advertise with us